इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

भ्रष्टाचार मुद्धा चलेर निलम्बित इन्जिनियर सन्तोष कुमार यादव भ्रष्टाचारी ठहर भएका छन् । अख्तियारले विशेषमा मुद्धा लगेको ६ महिनापछि विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

बिज्ञापन

गत जेठ १ मा ले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा टंगालबाट खटिएको टोलीले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१ बाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो । यादवले रनिङ बिल भुक्तानीको लागि ६ लाख ७० हजार घुस रकम लिँदा लिँदै अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । उनले  खोटाङमा निर्माणाधीन सडकको पाँचौँ र छैटौँ रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अघि बढाइदिएबापत ६ लाख ७० हजार भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

बिज्ञापन

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले साथमा भेटिएको पाँच लाख ७० हजार विगो कायम गरी जरिवाना गर्ने आदेश भएको छ । उनलाई दुई वर्ष जेल सजाय तोक्दै अपराधपीडित संरक्षण कोषमा २२ हजार ८०० जम्मा गर्न आदेश भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष