इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

भ्रष्टाचार मुद्धा चलेर निलम्बित इन्जिनियर सन्तोष कुमार यादव भ्रष्टाचारी ठहर भएका छन् । अख्तियारले विशेषमा मुद्धा लगेको ६ महिनापछि विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

बिज्ञापन

गत जेठ १ मा ले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा टंगालबाट खटिएको टोलीले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१ बाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो । यादवले रनिङ बिल भुक्तानीको लागि ६ लाख ७० हजार घुस रकम लिँदा लिँदै अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । उनले  खोटाङमा निर्माणाधीन सडकको पाँचौँ र छैटौँ रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अघि बढाइदिएबापत ६ लाख ७० हजार भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

बिज्ञापन

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले साथमा भेटिएको पाँच लाख ७० हजार विगो कायम गरी जरिवाना गर्ने आदेश भएको छ । उनलाई दुई वर्ष जेल सजाय तोक्दै अपराधपीडित संरक्षण कोषमा २२ हजार ८०० जम्मा गर्न आदेश भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

बिशेष