पहिलेकै संरचनामा फर्कियो एमाले,नेताहरुको व्यवस्थापनमा ओलीलाई सहज

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । गत भदौंमा आयोजित दोस्रो महाधिवेशनले १९ सदस्यीय पदाधिकारी संख्या घटाएर १५ मा झारेको थियो । केन्द्रीय सदस्य पनि २५१ सदस्यीय कायम गरेको थियो । यस्तै ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारियो । त्यसबेला अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सतिह १५ जना पदाधिकारी रहने गरी विधान संशोधन गरिएको थियो ।

बिज्ञापन

तर तीन महिना पछि नै पार्टीमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव,३ उपमहासचिव,९ सचिव, ९९ सदस्य,पोलिटब्यूरो र पदाधिकारीसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय केन्द्रीय कमिटि बनाइने भएको छ ।

बिज्ञापन

११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो ।
ओलीको यो प्रस्तावको विपक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई उभिएका थिए ।तर, बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ ।

ओलीले पार्टी कमिटिलाई पूरानै अवस्थामा फर्काएसँगै उनलाई नेता व्यवस्थापन गर्न सहज हुनेछ । रामबहादुर थापा, गुरु बराललाई पनि उपाध्यक्ष,महासचिवमा शंकर पोखरेल,सचिवमा राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत,पद्मा अर्याल, शेरधन राइ, हिक्मत कार्की लगायतका नेतालाई व्यवस्थापन गर्न सहज हुने भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष