आफ्नै प्रस्तावबाट व्याक भए ओली

आफ्नो अडानबाट हत्तपत्त पछि नहट्ने नेताका रुपमा चिनिएका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो प्रस्तावबाट व्याक भएका छन्,शुक्रवार ।  ११ औं महाधिवेशनमा नेताहरूको व्यवस्थापन गर्न सकस भए पछि पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन खोजेका थिए । यस अघि १९ पदाधिकारी रहेको एमालेले गत भदौंमा विधान अधिवेशनबाट पदाधिकारीको संख्या घटाएर १५ मा झारेको थियो । यस्तै स्थायी कमिटी नराख्ने, केन्द्रीय कमिटीको संख्या घटाएर २५१ बनाउने निर्णय गरेको थियो ।

बिज्ञापन

विद्दान अधिवेशनले गरेका निर्णयका कारण पदाधिकारी व्यवस्थापनमा सकस भएसँगै ओलीले पदाधिकारी संख्या बढाउने, केन्द्रीय समिति बढाउने तयारी गरेका थिए । सोही प्रस्तावबाट ओली व्याक भएका हुन । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा गरेको थियो । तर, सचिवालय बैठकमा ओलीले १९ पदाधिकारी नै बनाउने प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले असहमति जनाएसँगै ओली आफ्नो अडानबाट व्याक भएका हुन ।

बिज्ञापन

०७८ मा भएको महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ सदस्यीय पदाधिकारी चुनेको थियो । १९ पदाधिकारीमा फर्काउने ओलीको चाहना सचिवालय बैठकबाट अस्वीकृत भएको छ ।

नेकपा एमालेले ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।

बिज्ञापन

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीसँग बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिष्प्रर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

ओली र पोखरेल प्यानलका यी हुन पदाधिकारीका उमेद्धार

प्रधानमन्त्री मातहतको सतर्कता केन्द्र ‘भुते’ बन्दा पशु सेवा विभागमा कीर्ते, गैरहाजिरी र संरक्षणको खेल

बिशेष