त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

गृह मन्त्रालयले त्रिवि अध्यागमनका कर्मचारीहरुको दरबन्दी थप्ने गृहकार्य गरिरहेको छ । हाल अध्यागमन कार्यालयमा १२१ कर्मचारीको दरबन्दी रहेकोमा आवागमन जाँच सहजताका लागि बनाइएका संरचना पूर्ण क्षमतामा चलाउन तीन सिफ्टमा १ सय ३५ अधिकृत खटाउनुपर्ने निष्कर्ष सहित शाखा अधिकृत,उपसचिव तहको दरबन्दी थप्ने तयारी गरिएको गृह स्रोतले जनाएको छ । अध्यागमनले कर्मचारीको दरबन्दी बढाउनका लागि संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण अगाडि बढाएको थियो । जसअनुसार पूर्ण क्षमताका कार्यालय सञ्चालन गर्नका लागि १४ कर्मचारी अभाव रहेको निष्कर्ष निकालिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा आगमन र प्रस्थानतर्फ यात्रुका कागजात जाँच गर्न ४५ डेस्क छन् । जस अनुसार प्रस्थानतर्फ २३ र आगमनतर्फ २२ डेस्क छन् । त्रिवि अध्यागमनका कर्मचारीहरुले तीन सिफ्टमा काम गर्दै आएका छन्,अर्थात आठ आठ घण्टाको सिफ्ट हुन्छ । आवागमन जाँच सहज बनाउन बनाइएका संरचनालाई पूर्ण क्षमतामा चलाउन तीन सिफ्टमा १ सय ३५ अधिकृत खटाउनुपर्छ । कर्मचारी अभाव देखाएर अहिले दुवैतर्फका डेढ दर्जन डेस्क खाली छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा कर्मचारी अभावका कारण डेढ दर्जनभन्दा बढी डेस्क खाली छन्, जसले यात्रुलाई कागजात जाँचमा सास्ती भएको छ।

बिज्ञापन

गृहका अनुसार त्रिवि अध्यागमनका ६ उपसचिव,१ सय ११ अधिकृतको दरबन्दी स्वीकृत भए पनि भिजिट भिसा प्रकरणपछि अहिले कर्मचारीहरुको भागाभाग छ । उपसचिव र नासु तहका कर्मचारी दरबन्दी अनुसारै भए पनि यो समाचार तयार पार्दासम्म त्यहाँ दरबन्दी अनुसारका ११ अधिकृत छैनन् । बुधबारमात्र सहायक सिडियो सन्दिपा खड्का अध्यागमनमा खटेकी छिन् । अझैं त्यहाँ १० अधिकृतहरुको दरबन्दी रिक्त छ ।

त्रिवि अध्यागमनलाई पूर्ण क्षमतामा चलाउनका लागि १ उपसचिवसहित जना १४ अधिकृतहरुको दरबन्दी थप्ने गृहकार्य भएको र प्रस्ताव गृह मन्त्रालयमा पुगेको अध्यागमन विभागले पृष्टि गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

बिशेष