धनकुटाको अर्खौले जितपुरमा २ दिने बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, १७ सेवा एकै ठाउँमा

धनकुटा — अर्खौले जितपुर सेवा समाज, नयाँ बानेश्वर, काठमाडौं र महालक्ष्मी नगरपालिकाको सहकार्यमा धनकुटाको अर्खौले जितपुरमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्राप्त पत्रका आधारमा मिति २०८२/०८/२५ र २६ गते प्राथमिक स्वास्थ्य केन्द्र अर्खौले जितपुरमा शिविर सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन

स्थानीय बासिन्दालाई एकैस्थानमा विशेषज्ञ চিকিৎসक तथा आवश्यक प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा १७ प्रकारका विशेष स्वास्थ्य सेवा प्रदान गरिनेछ।

 

बिज्ञापन

शिविरमा उपलब्ध सेवा, हाडजोर्नी, फिजियोथेरापी, स्त्रीरोग तथा प्रसूति, शल्य चिकित्सा, छाला (स्किन), आँखारोग, जनरल मेडिसिन, स्वासप्रश्वास, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य, बालरोग, ENT (नाक, कान, घाँटी), फार्मेसी, भिडियो एक्स–रे तथा एक्स–रे, परीक्षण प्रयोगशाला, मुटु परीक्षण (ECG), फोक्सो परीक्षण (PFT) र दन्त सेवा

अस्पतालले विज्ञ चिकित्सक, परामर्शदाता तथा प्राविधिक टोलीसहित व्यापक तयारी गर्दै आएको जनाएको छ। शिविरले अर्खौले जितपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष राहत पुग्ने अपेक्षा नगरपालिकाले व्यक्त गरेको छ।

 

आयोजकका अनुसार सेवा लिनका लागि कुनै शुल्क नलिइने तथा आवश्यक परीक्षण, परामर्श र औषधि समेत निःशुल्क उपलब्ध गराइने छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष