आठ सचिवहरूको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सचिवहरूको सरुवा गरेको छ।

बिज्ञापन

प्राप्त जानकारी अनुसार, तथ्यांकका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ। यस अगाडि उनी उक्त मन्त्रालयमा साढे दुई महिना मात्रै काम गर्ने अवसर पाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। उद्योग मन्त्रालयका सचिव कृष्ण राउतलाई निर्वाचन आयोगमा खटाइएको छ भने निर्वाचन कार्यालयका सचिव महादेव पन्थलाई अतिरिक्तमा सारिएको छ।

बिज्ञापन

खानेपानी मन्त्रालयकी सचिव प्रमीला देवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयतर्फ सरुवा गरिएको छ। यता, नेपाल ट्रस्टका सचिव रामआधार साह दुई वर्षपछि पुनः खानेपानी मन्त्रालयमा सचिवका रूपमा जिम्मेवारी पाएका छन् ।

 

बिज्ञापन

त्यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ भने कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयतर्फ खटाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नासु र खरिदारको सरुवा स्थगित,बढुवामा ‘तरमारा’ वर्गलाई राक्ने प्रयास

जब प्रधानमन्त्रीले सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनिन्

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

बिशेष