कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई लक्षित गर्दै आएको ज्यान मार्ने चेतावनीसहितको धम्कीपूर्ण मेलपछि राज्य संयन्त्र सतर्क बनेको छ ।

बिज्ञापन

अख्तियारको आधिकारिक मेलमा भएको उक्त पत्राचारपछि काठमाडौं प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको छ । धम्की केवल राईसम्म सीमित नरही पूर्व गृहमन्त्री रमेश लेखकसहित करिब एक दर्जनजति व्यक्तिलाई लक्षित गरिएको प्रहरीले पुष्टि गरेको छ।

बिज्ञापन

प्रहरीका अनुसार धम्की सार्वजनिक भएपछि सम्बद्ध व्यत्तिहरुको निवासदेखि सार्वजनिक कार्यक्रमसम्म सुरक्षा व्यवस्थामा वृद्धि गरिएको छ।

अनुसन्धानका क्रममा धम्कीपत्र ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक संगठनबाट पठाइएको पाइएको छ । सो पत्रमा संगठनका अध्यक्ष प्रकाश पाठकको नाम उल्लेख गरिएको पनि प्राविधिक विश्लेषणबाट खुलेको प्रहरीको दाबी छ।

बिज्ञापन

मेल भारतीय नम्बरबाट खोलेको इमेलमार्फत आएको प्राथमिक तथ्यजाँचले देखाएको प्रहरी अधिकारी बताउँछन्।

मुख्य पात्र विदेशमा, नजिकका ४ जना नियन्त्रणमा

पत्रमा नाम आएको पाठक नेपालमा नरहेको प्रहरीले पत्ता लगाएको छ। प्रहरीले उनी फिलिपिन्समा भएको अपुष्ट जानकारी प्राप्त भएको भन्दै खोजी प्रक्रिया अघि बढाएको छ ।

यसबीच, पाठकसँग जोडिएका चार व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको खुलाइएको छ।“हाम्राे तथ्यांकअनुसार ४ जना नियन्त्रणमा छन्। पाठक भने हालसम्म नेपालको भित्रतिर भेटिएका छैनन्,” एक वरिष्ठ प्रहरी अधिकृतले भने।

पाठकको नाम सार्वजनिक भएपछि प्रहरीले पृष्ठभूमि अध्ययन गरेको थियो। त्यस क्रममा ठगी तथा कुटपिटसम्बन्धी कम्तीमा चार मुद्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएकाे छ।

धम्की प्रकरणमा मेलको स्रोत, उद्देश्य र संलग्न समूहबारे प्राविधिक तथा मानवीय सूचनामार्फत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष