काठमाडौँ । रिक्त रहेको एक सचिव पदका लागि तीन जना वरिष्ट सहसचिवको नाम सिफारिस गरिएको छ ।सिफारिसमा परेका सहसचिवहरूमा राजेन्द्र कुमार पौडेल, कमल प्रसाद भट्टराई र इन्दु घिमिरे रहेका छन् ।
बिज्ञापन
बिज्ञापन
स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले सिफारिसको पहिलो नम्बरमा रहेका सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने तयारी गरेको छ । पौडेल हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् ।
बिज्ञापन
उक्त सूचीको दोस्रो नम्बरमा रहेका सहसचिव कमल प्रसाद भट्टराई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् ।
त्यस्तै तेस्रो नम्बरमा परेकी सहसचिव इन्दु घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन महाशाखामा कार्यरत छन् ।मन्त्रिपरिषद्ले सिफारिसअनुसार सचिव नियुक्ति औपचारिक गर्ने अपेक्षा गरिएको छ ।


























