नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको हिरासत बसाँइ लम्बिएको छ । अख्तियारले हिजोमात्र पक्राउ गरेको महानिर्देशक अधिकारी र उपमहानिर्देशक भण्डारीलाई आज बिहान विशेष अदालतमा लगिएको थियो । पहिले बयान र त्यसपछि थुनछेक बहसका लागि त्यता ववरमहलमा लगिएको थियो ।
बिज्ञापन
अख्तियारको हिरासत कक्षमा रहेका उनको मोबाइल जफत गरेर थप अनुसन्धान (डिएफएल) का लागि नेपाल प्रहरीको विधिविज्ञानशालामा पठाइएको थियो अख्तियारले । तीन वर्ष कैद,साढे १३ करोड बिगो र सोही बराबरको सजाय माग गरिएको मुद्दामा आजदेखि विशेष अदालतमा बयान र थुनछेकको बहस प्रारम्भ भएको थियो । बयान तथा थुनछेक बहसका लागि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विशेष अदालतमा उपस्थित गराएकोमा मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको हो।
बिज्ञापन
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरूलाई आइतबार पुनः अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ।
बकपत्र र थुनछेक बहसका लागि उनीहरुलाई विशेष अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलास तोकिएको थियो।तर यो इजलासका एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको प्रक्रिया अगाडी नबढेको विशेष अदालतले जनाएको छ। अब उनीहरुलाई पुनः आइतबार अदालतमा उपस्थित गराइनेछ।
बिज्ञापन
विस्तृत अध्ययन र आवश्यक प्रक्रिया नपुर्याई हेलिपोर्ट निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार अधिकारी र भण्डारीसहित सात जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो। प्रतिवादीहरूमाथि सामूहिक रूपमा १३ करोड ५७ लाख रुपैयाँ विगो दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको अख्तियारले जनाएको छ।
अभियोगपत्रमा महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक भण्डारी, तत्कालीन उपप्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत सम्पन्नता (सम्वृद्धि) श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, विजय थापा लगायतलाई प्रतिवादी बनाइएको छ। यस प्रकरणमा चार जना भने फरार रहेको अख्तियारले जनाएको


























