बाराको कलैया स्थित यातायात व्यवस्था कार्यालय बुधबार साँझ अचानक तनावग्रस्त बनेपछि प्रशासनिक नियमितता केही समय अवरुद्ध भयो। साँझ करिब साडे पाँच बजेतिर कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच विवाद चर्किएपछि हाताहातसम्म पुगेको कार्यालय स्रोतले जानकारी दिएको छ।
बिज्ञापन
झडपका क्रममा साहको अनुहारमा चोट लागेको बताइन्छ भने प्रमुख दासको पनि अनुहारमा चोटपटक पुगेको उल्लेख गरिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाराको टोलीले दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
बिज्ञापन
प्रहरी उपरीक्षक नागेन्द्र कुवरका अनुसार “कार्यालयमै विवाद घटेको सूचना आएपछि दुवै पक्षलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियामा राखिएको” हो।
कार्यालयभित्रै कर्मचारीबीचको झडपले सेवा प्रवाह गर्ने सरकारी संस्थामा आन्तरिक व्यवस्थापन र कार्यशैलीबारे प्रश्न उठेको छ। प्रहरी अनुसन्धानपछि घटनाको वास्तविक कारण बाहिर आउने जनाइएको छ।


























