यातायात कार्यालयका प्रमुख र खरिदारबिच कुटाकुट

बाराको कलैया स्थित यातायात व्यवस्था कार्यालय बुधबार साँझ अचानक तनावग्रस्त बनेपछि प्रशासनिक नियमितता केही समय अवरुद्ध भयो। साँझ करिब साडे पाँच बजेतिर कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच विवाद चर्किएपछि हाताहातसम्म पुगेको कार्यालय स्रोतले जानकारी दिएको छ।

बिज्ञापन

झडपका क्रममा साहको अनुहारमा चोट लागेको बताइन्छ भने प्रमुख दासको पनि अनुहारमा चोटपटक पुगेको उल्लेख गरिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाराको टोलीले दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन

प्रहरी उपरीक्षक नागेन्द्र कुवरका अनुसार “कार्यालयमै विवाद घटेको सूचना आएपछि दुवै पक्षलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियामा राखिएको” हो।

कार्यालयभित्रै कर्मचारीबीचको झडपले सेवा प्रवाह गर्ने सरकारी संस्थामा आन्तरिक व्यवस्थापन र कार्यशैलीबारे प्रश्न उठेको छ। प्रहरी अनुसन्धानपछि घटनाको वास्तविक कारण बाहिर आउने जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष