सामान्य प्रशासनको पहिलो महिला सचिव पौडेलले सम्हालिन मन्त्रालयको बागडोर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी चन्द्रकला पौडेलले सम्हालेकी छिन् ।

बिज्ञापन

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेर त्यहाँ कोशी प्रदेशबाट चन्द्रकला पौडेललाई जिम्मेवारी दिएको थियो । नवनियुक्त सचिव चन्द्रकला पौडेल हिजोमात्र सो मन्त्रालयमा हाजिर भएकी छिन् ।

बिज्ञापन

कोशी प्रदेशका सचिवको जिम्मेवारीमा रहेकी पौडेलले झण्डै आठ महिना सो प्रदेशमा बिताएर सिंहदरबार प्रवेश गरेकी हुन । गत वैशाख पहिलो साता सचिवमा बढुवा भएकी पौडेल सो मन्त्रालयको पहिलो महिला सचिवको रुपमा रेकर्ड दर्ज गर्न सफल भएकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हालसम्म ४० जना सचिवले सो मन्त्रालयको कमाण्ड गरेका छन् । ४१ औं सचिवको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर पाएकी पौडेल पहिलो महिला सचिव बनेर रेकर्ड कायम गराएकी हुन । सो मन्त्रालयमा कार्यरत रहेका रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा पठाएर त्यहाँ पौडेललाई ल्याइएको हो ।

२०७० सालमा महिला कोटाबाट सहसचिव बनेकी पौडेल ११ वर्षपछि सचिवमा उक्लिएकी हुन । पौडेल यस अघि सहसचिव हुँदा भौतिक मन्त्रालय,उद्योग मन्त्रालय,गण्डकी प्रदेशमा बसेर कार्यसम्पादन गरिसकेकी छिन् । सचिव बढुवा भएपछि उनी प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत थिइन ।

बिज्ञापन

उसो त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा महिलाको टिम बन्ने भएको छ । मन्त्रालयमा ६ वटा महाशाखा रहेकोमा तीन वटा महाशाखा प्रमुख महिला रहेका छन् । यस अघि नै त्यहाँ सहसचिव मीरा आचार्य कार्यरत थिइन । यस अघि मन्त्री रहेकी भगवती न्यौपानेले दुई महिला सहसचिव भित्र्याएर महाशाखा प्रमुख बनाएकी हुन्।

कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा,योजना विकास तथा सहायता समन्वय महाशाखामा नीता अर्याल र प्रशासन सुधार महाशाखामा मीरा आचार्य कार्यरत रहेकी छिन् । निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएर हाजिर नै नभएकी निता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा काफ्लेलाई दिइएको छ। अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गत मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखबाट बागमती प्रदेशमा सरूवा भएकी पार्वती शर्मा काफ्ले पनि हाजिर नै नभइ सामान्यको कर्मचारी प्रशासन महाशाखाको कमाण्ड सम्हाल्न आइपुगेकी हुन्। मन्त्रालयको प्रशासन सुधार महाशाखा सहसचिव मिरा आचार्य छिन्। सामान्य प्रशासनमा मिरा मात्र एक्ली महिला महाशाखा प्रमुख थिइन्।

अहिले मन्त्रालयका तीन महाशाखा प्रमुख महिला रहेका छन् भने अब सचिव पनि महिला नै पाएको छ ।

यस्तै,मन्त्रालयको संघीय मामिला महाशाखा प्रकाश दाहाल,डिलाराम पन्थी क्षमता विकास र आन्तरिक व्यवस्थापन महाशाखा सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

बिशेष