नार्कका ६ वैज्ञानिकसहित ११ कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतका ६ वैज्ञानिकसहित ११ कर्मचारी लामो समयदेखि सम्पर्कमा नआएपछि परिषदले उनीहरू विरुद्ध कडाइका साथ कारबाही प्रक्रिया सुरु गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

परिषदका अनुसार अध्ययन बिदा लिएका ती कर्मचारीले बिदा सकिएलगत्तै हाजिर हुन प्रतिवद्धता जनाउँदै कबुलियतनामा समेत बुझाएका थिए। तर निर्धारित म्यादमा हाजिर नहुनुका साथै परिषदसँग कुनै जानकारीसमेत नदिएपछि उनीहरू ‘सम्पर्कविहीन’ सूचीमा परेका छन्।

 

बिज्ञापन

सम्पर्कविहीन वैज्ञानिकमा–अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापा मगर छन्।

 

त्यसैगरी डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अध्ययन बिदापछि कार्यालयमा उपस्थित भएका छैनन्।

 

परिषदले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन वा उचित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। कर्मचारी प्रशासन विनियम २०४९ को विनियम ४०(२)(क) अनुसार उनीहरूको अनुपस्थितिलाई ‘नोकरी टुटेको’ मानिने चेतावनी दिँदै परिषदले भनेको छ—“किन सेवाबाट अलग नगर्ने ?”सूचनासँगै परिषदले औपचारिक रूपमा उनीहरूलाई अन्तिम मौका दिएको छ। सात दिनभित्र पनि सम्पर्कमा नआएमा नियमानुसार सेवा समाप्ति प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष