प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

पूराना राजनीतिक दलहरुले शक्तिको दुरुपयोग गरेर राज्यका सम्पत्ति दोहन गरेको भन्दै जेनजी पुस्ताको आन्दोलनद्धारा प्रधानमन्त्रीको कुर्सीमा पुग्न सफल र प्रथम महिला प्रधानमन्त्रीको रुपमा नाम देखाउन सफल सुशीला कार्कीले शक्तिको दुरुपायेग गरेको खुलेको छ । यस अघि प्रथम महिला प्रधानन्यायधीश हुँदा उनले शक्तिको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको बिषय प्रकाशमा आएको छ ।

बिज्ञापन

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक जग्गा कब्जा गरेको भेटिएको हो । उनले काठमाडौं,टोखामा करोडौं मूल्प पर्ने सरकारी जग्गा अतिक्रमण गरेको खुलेको हो । काठमाडौंको टोखा नगरपालिका–४, धापासीमा कार्कीको निवास रहेको छ । सोही निवाससँगै रहेको ३ आना सरकारी जग्गा प्रधानमन्त्री समेत रहेकी सुशीला कार्कीले अतिक्रमण गरेको स्थानीयहरुले बताएका छन् । कर्मचारी प्रेसले यो बिषयमा त्यहाँका जनप्रतिनिधिहरुसँग सोधखोज गर्दा उनीहरुले समेत प्रधानमन्त्री कार्कीले करोडौं मूल्य पर्ने सार्वजनिक सम्पत्ति हडपेको पृष्टि गरेका हुन । जनप्रतिनिधिहरु अनुसार तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीले सरकारी जग्गा कब्जा गरेको गुनासो आएपछि वडा कार्यालयले अमिन खटाएर २०७६ सालमा जग्गा नापी गरेको थियो । सोही क्रममा तीन आना सरकारी जग्गा अतिक्रमण गरेको बिषय बाहिरिएको थियो ।

बिज्ञापन

मालपोत कार्यालयको विवरण अनुसार,प्रधानमन्त्री कार्कीको पती दुर्गा सुवेदीको नाममा टोखा नगरपालिका ४,धापासीमा कार्कीको निवास छ । कित्ता नम्बर ८ रहेको जग्गाको कूल क्षेत्रफल ६ आना एक पैसा दुई दाम मात्रै रहेको भेटिन्छ तर कार्कीले ९ आना एक पैसा जग्गा अतिक्रमण गरेर भोगचलन गरिरहेको भेटिएको हो ।

वडा कार्यालयले अमिन खटाएर जग्गा नापी गरेको ६ बर्ष बितिसक्दा समेत उनले त्यहाँ निर्मित अस्थायी टहरा नहटाउनुले नियत सफा नरहेको स्थानीयहरु बताउँछन् ।
कार्की ७३ सालमा प्रधानन्याधीश बनेकी हुन । मुलुककै पहिलो प्रधानन्यायधीश बनेर रेकर्ड कायम गराएकी कार्कीले सोही समयमा उनका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु दिइएको थियो । तिनै सुरक्षाकर्मी राख्नका लागि भन्दै कार्कीले अस्थायी टहरा निर्माण गरेकी थिइन,त्यो पनि सार्वजनिक सम्पत्ति हडपेर । उनी प्रधानन्यायधीशबाट हटेको पाँच् बर्ष बित्दा समेत उक्त अस्थायी टहरा नहटाइनुले सुशीला श्रीमानको नियत सफा नरहेको अर्काे स्थानीयबासीको प्रतिक्रिया रहेको छ ।

बिज्ञापन

कार्कीले कब्जा गरेको तीन आना सरकारी जग्गालाई घेरेर रिटेनिङ वाल लगाएकी छन् । सरकारी जग्गा घेरेर पर्खाल लगाउनुको नियत स्पष्ट छ त,ती स्थानीयबासीले भने । उनले हटपेको तीन आना जग्गाको कम्तिमा एक करोड २० लाख रुपैंया पर्न आउँछ । सो क्षेत्रमा जग्गाको मूल्य आनाकै ४० लाख हाराहारी रहेको छ ।

टोखा नगरपालिका ४ का वडाध्यक्ष धर्म श्रेष्ठले कार्कीको घरको एउटा साइडले सरकारी जग्गा कब्जा गरेको पुष्टि गरे । उनका अनुसार कार्कीले भोगचलन गरेको सरकारी जग्गाको क्षेत्रफल तीन आना रहेको छ । उनका अनुसार यसरी गुनासो आएपछि वडा कार्यालयले पहिल्यै नापी गरेर चिन्ह पनि लगाएको हो । त्यस समयमा सरकारले भनेको समयमा खाली गरिदिने मौखिक प्रतिवद्धता व्यक्त गरेकी थिइन कार्कीले ।

यस बिषयमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीसँग जिज्ञासा राख्दा सार्वजनिक जग्गा संरक्षण समिति र वडासँग त्यस विषयमा छलफल गर्ने,संवादबाट निकास ननिस्के पत्र काट्ने र नटेरेमा डोजर चलाउने योजना रहेको सुनाए ।

हेर्न बाँकी छ,न्याय सबैका लागि बराबर हुन्छ वा सानालाई ऐन,ठूलालाई चैन हुन्छ ? सर्वसाधरणले एक इञ्च सार्वजनिक जग्गा तलमाथि गरे तत्कालै एक्सन लिने नगरपालिका,वडा,मालपोत,नापीहरुले भीभीआइपीले एक दशकदेखि कब्जा र अतिक्रमण्ण गरेको सार्वजनिक सम्पत्तिमा डोजर चलाएर भत्काउन सक्छ वा सक्दैन ?

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वायु सेवा निगमको महाप्रबन्धकका लागि १६ जनाको आवेदन

सशस्त्र प्रहरीमा पाठक डीआईजीमा र महर्जन एसएसपीमा बढुवा सिफारिस

प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

प्रमुख प्रशासकीय अधिकृत,जिन्सी शाखा प्रमुख,लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

श्रमिक–कर्मचारीको हितमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको छ: सचिव पुस्कर

कर्मचारी सरुवामा हिस्सा खोज्दै सुदन समूह

मुख्यसचिवले ‘होल्ड’मा राखिदिए पुन: नियुक्ति,कार्यकक्षको चाबी बोकेर भट्ट गायब

बिशेष