प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

पूराना राजनीतिक दलहरुले शक्तिको दुरुपयोग गरेर राज्यका सम्पत्ति दोहन गरेको भन्दै जेनजी पुस्ताको आन्दोलनद्धारा प्रधानमन्त्रीको कुर्सीमा पुग्न सफल र प्रथम महिला प्रधानमन्त्रीको रुपमा नाम देखाउन सफल सुशीला कार्कीले शक्तिको दुरुपायेग गरेको खुलेको छ । यस अघि प्रथम महिला प्रधानन्यायधीश हुँदा उनले शक्तिको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको बिषय प्रकाशमा आएको छ ।

बिज्ञापन

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक जग्गा कब्जा गरेको भेटिएको हो । उनले काठमाडौं,टोखामा करोडौं मूल्प पर्ने सरकारी जग्गा अतिक्रमण गरेको खुलेको हो । काठमाडौंको टोखा नगरपालिका–४, धापासीमा कार्कीको निवास रहेको छ । सोही निवाससँगै रहेको ३ आना सरकारी जग्गा प्रधानमन्त्री समेत रहेकी सुशीला कार्कीले अतिक्रमण गरेको स्थानीयहरुले बताएका छन् । कर्मचारी प्रेसले यो बिषयमा त्यहाँका जनप्रतिनिधिहरुसँग सोधखोज गर्दा उनीहरुले समेत प्रधानमन्त्री कार्कीले करोडौं मूल्य पर्ने सार्वजनिक सम्पत्ति हडपेको पृष्टि गरेका हुन । जनप्रतिनिधिहरु अनुसार तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीले सरकारी जग्गा कब्जा गरेको गुनासो आएपछि वडा कार्यालयले अमिन खटाएर २०७६ सालमा जग्गा नापी गरेको थियो । सोही क्रममा तीन आना सरकारी जग्गा अतिक्रमण गरेको बिषय बाहिरिएको थियो ।

बिज्ञापन

मालपोत कार्यालयको विवरण अनुसार,प्रधानमन्त्री कार्कीको पती दुर्गा सुवेदीको नाममा टोखा नगरपालिका ४,धापासीमा कार्कीको निवास छ । कित्ता नम्बर ८ रहेको जग्गाको कूल क्षेत्रफल ६ आना एक पैसा दुई दाम मात्रै रहेको भेटिन्छ तर कार्कीले ९ आना एक पैसा जग्गा अतिक्रमण गरेर भोगचलन गरिरहेको भेटिएको हो ।

वडा कार्यालयले अमिन खटाएर जग्गा नापी गरेको ६ बर्ष बितिसक्दा समेत उनले त्यहाँ निर्मित अस्थायी टहरा नहटाउनुले नियत सफा नरहेको स्थानीयहरु बताउँछन् ।
कार्की ७३ सालमा प्रधानन्याधीश बनेकी हुन । मुलुककै पहिलो प्रधानन्यायधीश बनेर रेकर्ड कायम गराएकी कार्कीले सोही समयमा उनका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु दिइएको थियो । तिनै सुरक्षाकर्मी राख्नका लागि भन्दै कार्कीले अस्थायी टहरा निर्माण गरेकी थिइन,त्यो पनि सार्वजनिक सम्पत्ति हडपेर । उनी प्रधानन्यायधीशबाट हटेको पाँच् बर्ष बित्दा समेत उक्त अस्थायी टहरा नहटाइनुले सुशीला श्रीमानको नियत सफा नरहेको अर्काे स्थानीयबासीको प्रतिक्रिया रहेको छ ।

बिज्ञापन

कार्कीले कब्जा गरेको तीन आना सरकारी जग्गालाई घेरेर रिटेनिङ वाल लगाएकी छन् । सरकारी जग्गा घेरेर पर्खाल लगाउनुको नियत स्पष्ट छ त,ती स्थानीयबासीले भने । उनले हटपेको तीन आना जग्गाको कम्तिमा एक करोड २० लाख रुपैंया पर्न आउँछ । सो क्षेत्रमा जग्गाको मूल्य आनाकै ४० लाख हाराहारी रहेको छ ।

टोखा नगरपालिका ४ का वडाध्यक्ष धर्म श्रेष्ठले कार्कीको घरको एउटा साइडले सरकारी जग्गा कब्जा गरेको पुष्टि गरे । उनका अनुसार कार्कीले भोगचलन गरेको सरकारी जग्गाको क्षेत्रफल तीन आना रहेको छ । उनका अनुसार यसरी गुनासो आएपछि वडा कार्यालयले पहिल्यै नापी गरेर चिन्ह पनि लगाएको हो । त्यस समयमा सरकारले भनेको समयमा खाली गरिदिने मौखिक प्रतिवद्धता व्यक्त गरेकी थिइन कार्कीले ।

यस बिषयमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीसँग जिज्ञासा राख्दा सार्वजनिक जग्गा संरक्षण समिति र वडासँग त्यस विषयमा छलफल गर्ने,संवादबाट निकास ननिस्के पत्र काट्ने र नटेरेमा डोजर चलाउने योजना रहेको सुनाए ।

हेर्न बाँकी छ,न्याय सबैका लागि बराबर हुन्छ वा सानालाई ऐन,ठूलालाई चैन हुन्छ ? सर्वसाधरणले एक इञ्च सार्वजनिक जग्गा तलमाथि गरे तत्कालै एक्सन लिने नगरपालिका,वडा,मालपोत,नापीहरुले भीभीआइपीले एक दशकदेखि कब्जा र अतिक्रमण्ण गरेको सार्वजनिक सम्पत्तिमा डोजर चलाएर भत्काउन सक्छ वा सक्दैन ?

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष