प्रमुख प्रशासकीय अधिकृत,जिन्सी शाखा प्रमुख,लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आयोगले बिहीबार धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आयोगले नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन, इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र उक्त कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको हो ।

उनीहरूले आपसी मिलेमतोमा लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसहित सौन्दर्य निर्माण गर्ने आयोजनामा २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । उक्त आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।

बिज्ञापन

७५ लाख रुपैयाँको उक्त आयोजनमा कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मा दिनुपर्नेमा आपसी मिलोमतोमा इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिलाई निर्माणको जिम्मा दिएर २९ लाख ४४ हजार १३७ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

नगर प्रमुख गोइतसहितका व्यक्तिहरूले पदको दुरुपयोऊ गर्दै सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाइएकोले जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो दाबीसहित सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष