Elevation Vital Nepal संस्थाले श्री नवजीवन आधारभूत विद्यालयमा अध्ययनरत ९६ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाद्वारा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई जाडोबाट सुरक्षित राख्ने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।
बिज्ञापन

त्यस्तै, विद्यालयको स्वच्छता र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले Elevation Vital Nepal ले विद्यालयलाई डस्टबिन तथा विभिन्न खेलकुद सामाग्री समेत प्रदान गरेको विद्यालयका अनि बिद्यालयको प्र. अ. साम्देन थोक्राले जानकारी दिएका छन् । सामाग्री हस्तान्तरणपछि विद्यालय प्रशासनले संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।
बिज्ञापन
कार्यक्रमका दौरान संस्थाका प्रतिनिधिहरूले समुदाय र विद्यालयसँग सहकार्य गर्दै शिक्षामा पहुँच र सुविधा विस्तारमा निरन्तर योगदान पुर्याइरहने Elevation Vital Nepal का डाइरेक्टर कारदावा गलान प्रतिबद्धता व्यक्त गरेका छन् । यस अगाडि पनि उक्त संस्थाले विद्यालयमा सहयोग गर्दै आइरहेको छ ।


























