कार्यालय प्रमुख,अधिकृत,नासु,कम्युटर अपरेटरसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक लेनदेनमा राहदानीमा उमेर थपघट गरेको आरोपमा उनीसहित १० जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो ।

बिज्ञापन

मुद्दा चलाइएकामा तत्कालीन नायव सुब्बा रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरु लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, राहदानी वाहकहरु विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतो छन् ।

बिज्ञापन

उनीहरूले सेवाग्राहीसँग घुस लिएर उमेर गडबढ गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको आरोपसहित अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार कर्मचारीहरुको मिलेमतो र आर्थिक चलखेलमा राहदानी वाहकहरुको उमेर एकदेखि आठ वर्षसम्म घटाएको पाइएको छ । जसमा विनोद र गोविन्दको पाँच वर्ष र बलरामको आठ वर्ष उमेर घटाइँदा सीमान्तको दुई वर्ष बढाएको अख्तियारको ठहर छ ।

बिज्ञापन

कार्यालयका कर्मचारीले राहदानीमा उमेर घटाए वा बढाएबापत अनलाइन रकम असुल गरी पासपोर्ट सिफारिस गर्ने गरेको र कसैलाई उक्त रकम लिएको कुरा भनेमा विभागमार्फत राहदानी ब्लक गरिदिने धम्कीसमेत दिने गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरू उमेर घटबढ गरी पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको भेटिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर मुद्दामा उनीहरूलाई कैद र जरिवानको सजाय मागदाबी गरिएको छ ।

प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष