संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ पुनःएकपटक उपसचिव तहमा ठूलो हदबदल गरेको छ। मन्त्रालयले ६ जना प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइने गरी कुल १९ उपसचिवको सरुवा गरी विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा तोकिएको छ।
बिज्ञापन
ताजा निर्णयअनुसार ६ उपसचिवलाई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। बाँकी १३ जनालाई भने मन्त्रालयअन्तर्गतका अन्य निकाय तथा केन्द्रीय कार्यालयहरूमा कार्यरत रहँदै आएको ठाउँबाट स्थानान्तरण गरी नयाँ जिम्मेवारी तोकिएको छ।
बिज्ञापन





























