मुख्यसचिव नियुक्ति नजिकिँदै गर्दा सचिव डा. कृष्णहरि पुष्करविरुद्ध संगठित दुष्प्रचार तीव्र

काठमाडौँ । मुख्यसचिव नियुक्तिको अन्तिम तयारी भइरहेका बेला सचिव डा. कृष्णहरि पुष्करलाई लक्षित गर्दै नियोजित र तथ्यहीन प्रचार–प्रसार सुरु गरिएको सरकारी वृत्तमा चर्चा तीव्र छ। पूर्व अर्थसचिवका रूपमा जिम्मेवारी सम्हाल्दा बजेटको संवेदनशील मोडमै हटाइएका पुष्करलाई पछिल्ला दिनहरूमा पुनः त्यही प्रसंग जोडेर मुख्यसचिव बन्न नदिन दुष्प्रचार गर्ने समूह सक्रिय भएको बताइन्छ।

बिज्ञापन

वर्षामान पुन अर्थमन्त्री रहेका बेला ‘आफूअनुसार नीति नबनाएको’ भन्दै निशानामा पारिएका डा. पुष्करविरुद्ध हाल ‘सरकारबाट हटेपछि पनि त्यही समूहका मान्छे’ भन्ने मिथ्या कथा फैलाउने प्रयास बढेको स्रोतहरूको दाबी छ। हातहतियार खरिददेखि अर्थ–वित्त र सरकारले गर्ने महत्वपूर्ण नियुक्तिसम्म बिचौलियाको पहुँच विस्तारमा लागेको शक्तिशाली समूहले मुख्यसचिव छनोट प्रक्रियामा प्रभाव जमाउन डा. पुष्करविरुद्ध अफवाह उछालिरहेको बताइन्छ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्की र डा. पुष्करबीच दूरी बढाउने उद्देश्यसहित सुरु गरिएको भ्रामक प्रचारबाजीले पछिल्ला दिनमा तीव्रता पाएको उच्च स्रोतले जनाएको छ। सिडिओका रूपमा संवेदनशील निर्णय लिँदाका अनुभवदेखि अर्थ र श्रम मन्त्रालयमा कानुनविपरीतका प्रस्ताव रोक्ने कडाइसम्म, पुष्कर ‘काम नगर्ने’ अधिकारी होइनन् भन्ने कुरा उनका सहकर्मीहरू प्रष्ट पार्छन्। जोखिमपूर्ण फाइलमा अत्यन्त सतर्क तर कानुनअनुसारका काममा छरितो निर्णय लिन सक्ने अधिकारीका रूपमा उनको छवि मन्त्रालयभित्र बलियो रहेको उनीहरू बताउँछन्।

निकट भविष्यमा मुख्यसचिव नियुक्ति हुने अवस्था रहेकाले डा. पुष्कर प्रमुख दाबेदारका रूपमा उदाएका छन्। पूर्ण कार्यकालसहित क्षमता, अनुभव र स्वच्छ छविका आधारमा उनी योग्य उम्मेदवार ठहरिन सक्ने भएकाले बिचौलिया–समूहको प्रभावमा परेका केही कर्मचारीसमेत उनको उम्मेदवारी रोक्न तत्पर रहेको स्रोतहरू बताउँछन्।

बिज्ञापन

तर प्रधानमन्त्री कार्कीले यस्ता दुष्प्रचारप्रति विश्वास नराखी वास्तविकता बुझिसकेकी छिन् र नियुक्ति प्रक्रियामा बाहिरी प्रभाव नसुन्ने मनस्थितिमा रहेको सरकारी निकायका उच्च स्रोतको दाबी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बिशेष