सर्वाेच्चका करारका कर्मचारीलाई सचिवसरहको सुविधा,नातेदारले भरिए प्रधानमन्त्री सचिवालय

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव आर्दश श्रेष्ठ विवादमा परेका छन् । सर्वोच्च अदालतमा रहँदै विवादित गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका आर्दश श्रेष्ठ अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सचिवालयमा बसेर नजायज काम गर्दै आएका छन् । सुशीला प्रधानमन्त्री नियुक्ति भएको साता दिन पछि प्रधानमन्त्रीको प्रमुख स्वीकय सचिवको रुपमा प्रवेश गरेका उनले त्यसको दुई साता पछि आफ्ना पत्नीलाई सहसचिव सरहको सुविधा लिने गरी प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति गरेका छन् भने त्यहाँ आफ्नै नातेदारको भर्तीकेन्द्र बनाएको खुलेको छ ।

बिज्ञापन

यस अघि सर्वोच्चको आइटी शाखामा करार सेवामा रहेका श्रेष्ठमाथि पेशी तोक्दा सूचना चुहाउने र मुद्दामा चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ थियो । श्रेष्ठ ०६१ सालमा आइटी सपोर्ट पर्सनका रूपमा नियुक्त भएका श्रेष्ठले लामो समय सर्वोच्चको पेशी व्यवस्थापन शाखामा काम गरेका थिए। सुशीला कार्कीको समयमा नासु पदमै रहे पनि अधिकृत स्तरको सुविधा पाएको उनी अहिले प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा छन् । उनले नेपाल सरकारको सचिव सरहका सुविधा लिँदै आएका छन् ।

बिज्ञापन

सिन्धुली घर भएका श्रेष्ठ २०६१ सालमा सर्वोच्च अदालतको आईटी सपोर्ट पर्सन पदमा नियुक्त भएका थिए। लामो समय उनले पेशी व्यवस्थापन शाखामा काम गरे। गोलाप्रथा सुरु हुनुअघि उनी प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमै बसेर पेशी तोक्ने कार्यमा संलग्न रहँदै आएका थिए।

उनै श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएका हुन । आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् । यस्तै नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।यस्का अलवा सु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बिशेष