अवैद्य क्लिनिकलाई सिडियो र एसपीकै संरक्षण

प्रहरी र प्रशासन मिलेमतोमा कसरी बदमासी गर्नेहरुलाई उन्मुक्ति दिइन्छ एउटा सानो घटना हेरौं :
अविवाहित युवतीले एक अवैद्य क्लिनिकबाट बच्चा जन्माइन् । त्यही अवैद्य क्लिनिक सञ्चालकलाई प्रशासनदेखि प्रहरीले कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै प्रहरी र प्रशासनले संरक्षण गरेको भेटिएको छ ।

बिज्ञापन

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा अवस्थित शिवशक्ति स्वास्थ्य क्लिनिक र त्यसका सञ्चालकलाई प्रहरी र प्रशासनले जोगाइरहेको भेटिएको हो । सरकारबाट फार्मेसी सञ्चालनको अनुमति लिएर उक्त क्लिनिकले सुत्केरीसमेत गराउँदै आएका थियो । अनुमतिबिना ल्याब, एक्स–रे मेसिन चलाइरहेको बिषयमा समाचार सार्वजनिक भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले नै छापा मारेर सामानहरु जफत गरेको थियो । तर, अहिलेसम्म बन्द गरिएको छैन । सिन्धुपाल्चोकको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले उक्त पोलिक्लिनिकको दर्ता नै नभेटिएको प्रतिक्रिया दिइसकेकी छिन् ।

बिज्ञापन

सोही क्लिनिनबाट एक अविवाहित युवतीले बच्चा जन्माएकी छिन् । लामो समयदेखि काठमाडौंमा लिभिङ टुगेदरमा रहेकी र अविवाहित युवतीले सिन्धुपाल्चोकमा पुगेर सोही क्लिनिकबाट अवैद्य रुपमा बच्चा जन्माएको बिषय कर्मचारी प्रेसले यस अघि नै प्रकाशन गरिसकेको थियो । मेलम्चीकै एक २० वर्षीया दलित युवती जापान जानका लागि काठमाडौंमा आफन्तकोमा बसेर भाषा पढिरहेकी थिइन् । सोही क्रममा उनको बोहोरा थरको एक युवकसँग प्रेम बस्यो । ‘लिभिङ टुगेदर’ मा बस्दै आएकोमा उनी गर्भवती भइन् । उनीहरुले काठमाडौंमै गर्भपतन गराउने प्रयास गरे । तर, गर्भपतन सफल नभएपछि ती युवकले उनलाई औषधी खुवाएर आफू फरार भए युवती भने गर्भसहित आफ्नो माइती फर्किइन् । उनको परिवार छोरीको गर्भपतन गराउनका लागि कात्तिक ६ गते स्थानीय शिवशक्ति पोलिक्लिनिक पुग्यो ।

सोही क्लिनिकले ८ महिनाको शिशुलाई जन्म दिएपछि ती युवतीले शिशुलाई आफैसँग लैजान मानिनन् । उनले आफूसँग लैजान नमानेपछि पोलिक्लिनिककी स्टाफ नर्स शान्ता जिरेलले बच्चा फ्याँक्ने क्रममा स्थानीयले समातेका थिए । बच्चा फाल्न लैजाँदा सो क्लिनिकको कर्मचारीलाई रंगहोत भेट्टाएर केरकार गर्दा यो प्रकरणमा क्लिनिकले गरेको गम्भीर बदमासी बाहिर आएको हो । तर स्टाफ नर्स जिरेलले भने आफूले बच्चा नफ्याँकेको दाबी गरिन् । उल्टै बच्चाको ज्यान जोगाएको उनको जिकिर छ ।

बिज्ञापन

उनलाई ईलाका प्रहरी कार्यालय, मेलम्ची पठाएपछि मात्र घटना बाहिर आएको हो । प्रहरीले घटनाको मुचुल्का उठाएपनि अहिलेसम्म छानबिन अगाडि बढाएको छैन । प्रशासनले समेत यो क्लिनिक सञ्चालकलाई संरक्षण गरिरहेको छ ।

डेढ बर्षदेखि सिन्धुपाल्चोकको मेलम्चीमा सञ्चालित उक्त क्लिनिकले पटक पटक अवैद्य गर्भपतन यस अघि समेत यसैगरी गर्भपतन गराउँदा लफडा नै निस्किएको थियो । ८१ साल वैशाख १३ मा उक्त संस्था औषधि व्यवस्था विभागमा दर्ता भएको देखिन्छ । सोही संस्थाले पछिल्ला दिनमा अवैद्य गर्भपतन गराउँदै आएको स्थानीयहरुको आरोप छ । उक्त क्लिनिकका सञ्चालक तथा अध्यक्ष हुन आनन्द प्रसाद दाहाल,आफ्नै नातेदार छन् चिकित्सकको रुपमा कार्यरत । सोही संस्थाले अवैद्य रुपमा गर्भपतन गराइरहेको बिषयमा जिल्ला प्रशासनदेखि प्रहरी प्रशासनसम्म बिषय पुगेको छ तर यसरी अवैद्य रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालकले प्रहरी र प्रशासनले मोटो रकम लिएर प्रकरण ढिस मिस पार्न लागिपरेको छ ।

यसरी अवैद्य सञ्चालित क्लिनिकबाट बच्चा जन्माइएपछि अहिले आमा र बच्चालाई माइती नेपालको संरक्षणमा पठाइएको छ भने घटना घटेको एक महिना हुन लागिसक्दासमेत अनुसन्धान शुरु भएको छैन ।

तर जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रमुख एसपी रामेश्वर कार्कीले केटी पक्षले जाहेरी नदिएकाले अनुसन्धान अगाडि नबढेको प्रतिक्रिया दिन्छन् । उनले जाहेरी दिनेबित्तिकै अनुसन्धान शुरु हुने बताए ।

तर युवतीकी आमाले प्रहरीमा जाहेरी दिइसकेको बताउँछिन् । प्रहरी र माइती नेपालमै जाहेरी दिइसकेका छौं । केटा तराईको हो । प्रहरीले खोजिरहेको होला, केही जानकारी दिएको छैन । ती केटीको आमाले भनिन् ।

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

बिशेष