अदालतमै घुस खाने नायब सुब्बा अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

बिज्ञापन

बैनाबट्टा लेनदेनसम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि निकालिदिने नाममा सेवाग्राहीसँग घुस मागिएको उजुरी आएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १२ हजार रुपैयाँ बुझिसकेको अवस्थामा धमलालाई रंगेहात नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

बिज्ञापन

आयोगका अनुसार धमलाले लिएको घुसकै भरमा १२ हजार रुपैयाँ बिगो निर्धारण गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलीको मागदाबी सहित मुद्दा दायर गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष