बेलौतीको प्रज्ञापनपत्र बनाएर भारतीय व्यापारीले पास गरे ६ ट्रक केरा,राजश्वको राडारमा को को तानिँदै ?

‘भन्सार बुझी नसक्नुको संसार’ भन्ने कथन यतिबेला सार्थक भएको छ । सोचे जति राजश्व उठाउन नसकेको भन्दै राजश्व र भन्सार कार्यालयहरु आलोचित भइरहँदा त्यहाँ पुगेका कर्मचारीहरु भने नक्कली प्रज्ञापन पत्र बनाएर व्यापारीहरु पोस्न उद्धत रहेको नयाँ नयाँ तथ्य खुल्दै छ ।

बिज्ञापन

यस्तै कर्ममा अग्रसर रहेको भेटिएको छ, कृष्णनगर भन्सार कार्यालय । जहाँ प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत छन्,फणिन्द्र खतिवडा । उनी मातहत रहेका जाँचपास तथा व्यापार सहजिकरण गर्ने जिम्मेवारी पाएका एक भन्सार अधिकृतले व्यापारीलाई पोस्ने गरी नक्कली प्रज्ञापन बनाएको बिषय अहिले खुल्दै छ । सोही कार्यालयका शाखा अधिकृतले नक्कली प्रज्ञापनपत्र बनाएर व्यापारीहरु पक्षपोषण गरिरहँदा समेत कार्यालय प्रमुख भने बेखबर छन् ।

बिज्ञापन

पटक–पटक तस्करीको विषयमा विवादित बन्दै आएको सो भन्सारका कर्मचारीले व्यापारीहरुसँग मिलेर राजश्व छली गर्न नक्कली प्रज्ञापन पत्र बनाएको फेला परेपछि अनुसन्धानको घेरामा तानिएका छन् । यो मिलेमतोमा भन्सारका मात्र होइन प्लान्ट क्वारेन्टाइनका कर्मचारीहरु समेत सामेल रहेको भेटिएको छ । सो प्लान्ट क्वारेन्टाइनका प्रमुख राजेन्द्र यादव हुन । भारतबाट आयात रोक्का गरेको केरालाई कृष्णनगर भन्सार कार्यालय तथा कृष्णनगर प्लान्ट क्वारेन्टाइन कार्यालयका कर्मचारीहरुको मिलेमतोमा अम्बा भनेर जाँचपास र भन्सार गरिएको बिषय राजश्व अनुसन्धान विभागले फेला पारेको हो ।

गत शुक्रबार शिव फ्रुट सेन्टरका लागि आएको ५७ हजार ८ सय किलो केरा बोकेका ६ वटा ट्रक कृष्णनगर भन्सार कार्यालयले बेलौती बनाएर भन्सार प्रज्ञापन पत्र प्रदान गरेको थियो। भारतीय व्यापारी विमलको सो सामानको जाँच्पास गर्ने जिम्मेवारी पाएका थिए,उनै अधिकृत मयंक कुमार कर्णले र उनीबाटै बदमासी भएको बिषय अहिले खुलेको छ । केरालाई बेलौती बनाएर जाँचपासमा हस्ताक्षर गरेका थिए। अरू आयात हुने सबै खाद्यान्न, तरकारी र फलफूल जाच गर्ने निकाय प्लान्ट क्वारेन्टाइनले समेत ती गाडीहरूमा केरा नभई बेलौती भएको प्रमाणित गरेर पठाएको छ। स्रोतका अनुसार कार्यालय प्रमुख राजेन्द्र यादवले व्यापारी विमलसँगको मिलेमतोमा केरालाई बेलौती बनाएका बिषयमा काठमाडौंमा रहेको राजश्व अनुसन्धान विभागमा खबर पुगेपछि अस्ति शनिबार मात्र थानकोटबाट युपी ७३ टि ३१५३ नम्बरको ट्रक मात्र समात्न सकिएको छ । सूचना चुहिएकै कारण हुनसक्छ बाँकी ५ वटा ट्रक सजिलै उम्किएको स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

१३ सचिवको दरबन्दी कटौती गर्ने तयारी

महिला हाकिम पनि घुस असुल्नमा के कम ?

राष्ट्रिय कितावखानाको दायरा विस्तार, प्रहरी र शिक्षक कितावखाना एकीकृत

गज्जबको मेरिटोक्रेसी : बढी अंक ल्याउने फालिए,कम अंक ल्याउनेले नियुक्ति पाए

दुई अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

विकास निर्माणसम्बन्धी मुद्धा हेर्ने छुट्टै पूर्वाधार न्यायाधिकरण

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिवद्ध छ: महानिरीक्षक पौडेल

बिशेष