काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रीपरिषद्को बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयबाट आएको नियमित एजेन्डामाथि छलफल गर्दै आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय हुने सरकारी स्रोतले जनाएको छ।
बिज्ञापन
सिंहदरबारस्थित प्रशासनिक स्रोतहरूका अनुसार, चालु कामका प्रस्तावसँगै केही तहका नियुक्ति तथा समायोजनसम्बन्धी विषय पनि प्रस्तुत हुन सक्नेछ। विशेषगरी समाज कल्याण परिषद्सम्बन्धी रिक्त पदमा नियुक्तिबारे आजको बैठकले अन्तिम निर्णय लिन सक्ने संकेत देखिएको छ।
बिज्ञापन
सरकारका यस्तै नियमित र संवेदनशील निर्णयहरू ‘क्विक सेसन’ जस्तै छोटो सूचना मै बस्ने भएकाले मन्त्रालयहरूबीच समन्वय तयारी पनि तिब्र भएको बताइएको छ।


























