बारामा ठेक्का सूचनामै खेलखेल : पूर्व निमित्त डिभिजन प्रमुखसहित चार जनामाथि अख्तियारको मुद्दा

काठमाडौं । बारास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय–४ कलैयामा ठेक्का प्रक्रियामै हेरफेर गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगले जनहरी ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो मागदाबी गर्दै यादव, लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेललाई प्रतिवादी बनाएको हो।

बिज्ञापन

आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न निर्माणका लागि आह्वान गरिएका २३ वटा बोलपत्रको सूचना राष्ट्रिय दैनिकमा प्रकाशित नभएको आयोगको निष्कर्ष छ।
सूचना लुकाएर, प्रभाव दैनिकमा एक प्रति मात्रै छापेर ठेक्का अभिलेख मिलाइएको प्रारम्भिक तथ्यांकले देखाएको आयोगले जनाएको छ।

आयोगका अनुसार झुट्टा बिल भर्पाइ पेस गरी सान्दर्भिक मिडिया नेटवर्कलाई सम्पूर्ण ३,१६,५७० रुपैयाँ भुक्तानी गरिएको थियो।
अनुसन्धानमा उक्त रकममध्ये ५० हजार रुपैयाँ प्रभाव दैनिकका बजार प्रबन्धक खरेलले लिएर हिनामिना भएको समेत खुलेको छ।

बिज्ञापन

प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेसन प्रालिबाट प्राप्त पत्रले २०७९ फागुन २१ गतेको प्रभाव दैनिकको कुनै पनि pageमा बोलपत्र प्रकाशन नभएको औपचारिक रूपमा पुष्टि गरेको आयोगले जनाएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) बमोजिम कसुर ठहरिने भएकाले कैद, बिगोअनुसार जरिवाना र बिगो असुलउपर गर्न माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।

आयोगका अनुसार बोलपत्र प्रकाशनमा गरिएको यो जालझेल अभिलेखमै खेलबाड गरी हानि–नोक्सान पुर्‍याउने उद्देश्यपूर्ण भ्रष्टाचारको स्पष्ट उदाहरण हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष