फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा झापाका एक शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा बुधबार मुद्दा दायर भएको हो ।
आयोगका अनुसार, निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएकी थिइन् । अनुसन्धानका क्रममा सो प्रमाणपत्र नक्कली र झुट्टा पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
निरौला विसं २०५५ मा अस्थायी रूपमा नियुक्त भई २०७५ चैत २८ गते स्थायी नियुक्ति लिई हालसम्म सोही विद्यालयमा कार्यरत रहेको पाइएको आयोगले जनाएको छ । नक्कली शैक्षिक योग्यताको आधारमा सरकारी सेवा, तलब, भत्ता र अन्य सुविधा प्राप्त गरेको ठहरसहित आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सातै प्रदेश सरकारलाई पिआइएस पोर्टलमा पहुँच, स्थानीय तहका र समायोजन भएका ६६ हजार कर्मचारी प्रत्यक्ष लाभन्वित

अख्तियारको प्रतिवेदन भन्छ : अधिकृत सबैभन्दा भ्रष्ट

अर्थमा व्यापक कटौती, परराष्ट्रकालाई हाइसञ्चो

आर्थिक समृद्धिका लागि सहकारी

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री र गृहसचिवसँग बयान लिइँदै

५८ सहसचिव र उपसचिवको सरुवा (नामावलीसहित)

खुलेका जडीबुटी उद्योग धमाधम बन्द हुँदै

बिशेष