मधेस प्रदेश सरकारले पनि स्थानीय तहका कर्मचारीको सूचना व्यवस्थापन प्रणाली Local Level PIS Portal को पहुँच (Access) पाएको छ।
बिज्ञापन
बिज्ञापन
बुधबार जनकपुरमा आयोजित कार्यक्रममा कर्मचारी व्यवस्थापन विभागका महानिर्देशक श्रवण कुमार पोखरेल र मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव यमेन्द्र उपाध्यायबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको हो। सो अवसरमा निमित्त प्रदेश प्रमुख सचिव लालबाबु कवारीको विशेष उपस्थिति रहेको थियो।
बिज्ञापन
महानिर्देशक पोखरेलका अनुसार, यससँगै मधेस प्रदेशका १३६ स्थानीय तहमा कार्यरत ३,९४३ जना समायोजित कर्मचारी तथा अन्य सेवाका ६४९ जना कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
उक्त प्रणालीले कर्मचारीहरूको व्यक्तिगत विवरण, सेवा, तलब, पदोन्नति, सरुवा र अवकाश सम्बन्धी सम्पूर्ण अभिलेखलाई डिजिटल रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ। प्राविधिक कारणले हालसम्म प्रणालीमा आबद्ध हुन नसकेका कर्मचारीहरूलाई पनि यसपछि प्रणालीमा समावेश गरिने जनाइएको छ।
हालसम्म गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र अहिले मधेस प्रदेशलाई Local Level PIS Portal को पहुँच उपलब्ध गराइसकिएको छ। महानिर्देशक पोखरेलका अनुसार, अब कोशी प्रदेशलाई पनि शीघ्र यो प्रणालीको पहुँच उपलब्ध गराइने तयारी भइरहेको छ।


























