भ्रष्टाचार रोक्ने निकाय नै असहाय : राष्ट्रिय सतर्कता केन्द्रमा ३० प्रतिशत कर्मचारी अभाव र साँघुरो कार्यालयको पीडा

काठमाडौं । भ्रष्टाचार नियन्त्रण र अनुगमनको जिम्मा पाएको राष्ट्रिय सतर्कता केन्द्र आफैं जनशक्ति अभाव र साँघुरो कार्यालयको समस्यामा फसेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भुइँतलामा रहेको केन्द्रमा १४७ दरबन्दीमध्ये करिब ३० प्रतिशत पद रिक्त छन् ।

बिज्ञापन

प्रवक्ता सहसचिव नारायण भट्टका अनुसार कामको प्रकृति जोखिमपूर्ण भएकाले कर्मचारी टिकाउ दर न्यून छ । केन्द्रको २३औँ प्रतिवेदनले समेत प्रहरी र निजामती दुबैतर्फ ३१ प्रतिशत कर्मचारी अभाव रहेको जनाएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार केन्द्रलाई दरबन्दीअनुसार पदपूर्ति र छुट्टै कार्यालय दिने तयारी भइरहेको छ ।
भ्रष्टाचारमाथि सतर्कता राख्ने यो निकाय नै अहिले स्रोतसाधन र जनशक्ति अभावको चपेटामा छ ।रासस

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष