सात हजार घुस काण्ड : पौडेललाई एक महिना जेल र जरिवाना

काठमाडौं । सात हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि विशेष अदालतले दीपक पौडेललाई दोषी ठहर गर्दै एक महिनाको कैद र सात हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

बिज्ञापन

न्यायाधीश सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले सोमबार सुनाएको फैसलामा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसारको भ्रष्टाचार अपराध गरेको ठहर गरेको हो ।

बिज्ञापन

फैसलामा उल्लेख भएअनुसार पौडेलविरुद्धको उजुरी, बरामद रकम, फोन संवाद र सम्बन्धित पक्षका बयानहरूले उनी घुस कारोबारमा संलग्न रहेको प्रमाणित गर्छन् । उनले सात हजार रुपैयाँ लिएर गैरकानुनी लाभ लिन खोजेको अदालतको निष्कर्ष छ ।

अदालतले उनलाई एक महिना कैद र सोही बराबर जरिवाना तिर्न आदेश गरेको छ । साथै ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम पौडेलले २८० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने पनि आदेश दिएको छ ।

बिज्ञापन

यो फैसला साना रकमको घुससमेत कानुनी कठघरामा ल्याउने प्रयासको एउटा उदाहरणका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष