काठमाडौं । सात हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि विशेष अदालतले दीपक पौडेललाई दोषी ठहर गर्दै एक महिनाको कैद र सात हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
बिज्ञापन
न्यायाधीश सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले सोमबार सुनाएको फैसलामा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसारको भ्रष्टाचार अपराध गरेको ठहर गरेको हो ।
बिज्ञापन
फैसलामा उल्लेख भएअनुसार पौडेलविरुद्धको उजुरी, बरामद रकम, फोन संवाद र सम्बन्धित पक्षका बयानहरूले उनी घुस कारोबारमा संलग्न रहेको प्रमाणित गर्छन् । उनले सात हजार रुपैयाँ लिएर गैरकानुनी लाभ लिन खोजेको अदालतको निष्कर्ष छ ।
अदालतले उनलाई एक महिना कैद र सोही बराबर जरिवाना तिर्न आदेश गरेको छ । साथै ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम पौडेलले २८० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने पनि आदेश दिएको छ ।
बिज्ञापन
यो फैसला साना रकमको घुससमेत कानुनी कठघरामा ल्याउने प्रयासको एउटा उदाहरणका रूपमा लिइएको छ ।


























