काठमाडौं । पब्लिक सर्भिस इन्टरनेशनल (PSI) नेपालको चौथो साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ। सभाबाट उत्तम कटुवाल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।
बिज्ञापन
कटुवाल हाल नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्षसमेत रहेका छन्। उनको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा राम प्रसाद पौडेल उपाध्यक्ष, बसन्ती महर्जन सचिव र उमेश बलौन कोषाध्यक्षका रूपमा निर्वाचित भएका छन्।
बिज्ञापन
त्यसैगरी सदस्यहरूमा रामजी घिमिरे, राजेन्द्र दाहा र गीता थिङ पौडेल निर्वाचित भएका छन्।
साधारण सभामा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको पेशागत हकहित, सेवा–सुविधा र संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल गरिएको थियो। नयाँ नेतृत्वले कर्मचारी अधिकार र सेवा सुरक्षाका मुद्दामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


























