कृषकका सन्तानले धान्दैछन्,निजामती

कुनै समय भाष्य बनेको थियो कि उत्तम खेती,मध्यम व्यापार,निघृणी नोकरी ! तर तिनै कृषकका छोरा छोरीहरु लोकसेवा भिड्नेमा अग्रपक्तिंमा रहेको लोकसेवाको पछिल्लो प्रतिवेदन केलाउँदा भेटिन्छ ।

बिज्ञापन

अघिल्लो आर्थिक बर्षमा लोक सेवा भिडेर स्थायी नियुक्तिका लागि कुल २ हजार ५ सय ९२ जना उम्मेदवार सिफारिस भएका छन् । सिफारिस भएका उम्मेदवारहरूमध्ये ९ सय २ जना महिला र १ हजार ६ सय ९० जना पुरुष रहेका छन् । यस अघिको रेकर्ड भत्काउँदै गत बर्ष जुम्ला जिल्लाबाट १ सय १५ जना सरकारी जागिरे बनेका छन् । यस अघि लोकसेवा भिडेर नाम निकाल्नमा स्याङ्जा, गुल्मी,पाल्पा,अर्घाखाँची अग्रपक्तिंमा आउथें । ती जिल्लालाई यस पटक हिमाली जिल्ला जुम्लाले टपेको छ । प्रतिवेदन अनुसार,सिफारिस भएका उमेद्धारमध्ये बुवा आमा कृषि पेशामा आश्रित रहेका ६७ दशमलव १६ प्रतिशत अर्थात १७४१ कृषकका छोराछोरी गत बर्ष सरकारी सेवामा प्रवेश गरेका छन् । बुवा आमा सरकारी सेवामै भएका अभिभावकका १७ दशमलव शून्य १ प्रतिशतले उनीहरुकै पथ पच्छाएका छन् । अर्थात गत बर्ष सरकारी जागिरे बनेकामध्ये ४४१ का अभिभावक सरकारी सेवामै रहेका छन् । सिफारिस भएकामध्ये ८ दशमलव ९९ प्रतिशत अर्थात २३३ व्यापारीका सन्तान रहेका छन् । श्रमिकका ७७,शिक्षण पेशा अवलम्बन गर्न अभिभावकका ६० र २२ जना व्यवसायीका सन्तान सरकारी सेवामा प्रवेश गरेका छन् । आयोगका अनुसार,गत बर्ष सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट जिल्लाबाट र सबैभन्दा न्यून मनाङ, मुस्ताङ, रसुवा, रुकुम पुर्व र डोल्पा जिल्लाबाट कुल २ हजार १ सय ८२ अर्थात् कुल दरखास्तको ०.४७ प्रतिशतमात्र दरखास्त परेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

अघिल्लो आर्थिक बर्षमा दरखास्त दिनेमध्ये ७३.९४ प्रतिशत उम्मेदवारका अभिभावकको मुख्य पेशा कृषि रहेको छ भने ११.७९ प्रतिशत उम्मेदवारका अभिभावक सरकारी सेवामा संलग्न रहेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगको अनुसार अघिल्लो आर्थिक बर्षमा ४ लाख ५९ हजार ८३४ ले आवेदन दिएकामध्ये अभिभावकको मुख्य पेशा कृषि रहेका अर्थात कृषकका सन्तान ३ लाख ३९ हजार ९ सय ८४ रहेका थिए भने ५४ हजार २२१ का बुवा आमा सरकारी जागिरे रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

यस अघिको आर्थिक बर्षमा समेत आवेदन दिने देखि सिफारिस हुनेमा कृषकै सन्तानहरुको बाहुल्यता रहेको थियो । अघिल्लो आर्थिक बर्षमा आवेदन दिने कुल ४ लाख ७८ हजार ३ सय ५५ मध्ये ३ लाख ८० हजार ९ सय ७८ जनाको अभिभावक कृषि पेसामा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । जुन कूल आवेदन दिनेको ७९.६४ प्रतिशत हो ।यस्तै सरकारी सेवामा रहेका अभिभावकका दरखास्त दिने छोराछोरीको संख्या दोस्रो नम्बरमा छ । दरखास्त दिएका ५० हजार ८ सय ९५ जनाले आफ्नो अभिभावकको पेसामा सरकारी सेवा उल्लेख गरेका थिए ।
यसै गरी अभिभावक व्यापार व्यवसायमा संलग्न रहेको उल्लेख गरेर दरखास्त दिनेहरूको संख्या २४ हजार ५ सय ३६ रहेको छ । हाल निजामतीमा कार्यरत रहेका ८० हजार कर्मचारीमध्ये पनि आधाभन्दा बढीका अभिभावक कृषक पेसामा नै रहेको बताइन्छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बुटवलमा रोयल एनफिल्डको नयाँ बाईक स्क्यार्म ४४० को ‘लन्च’

दरबन्दी लुकाउने सामान्य प्रशासनलाई अदालतको झड्का,रोकियो उपसचिव र सहसचिवको विज्ञापन

कृषकका सन्तानले धान्दैछन्,निजामती

छ उपसचिवहरूको सरुवा

बिशेष