स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

 स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरूमा नीतिगत भ्रष्टाचार, मिलेमतो र अकुत सम्पत्ति आर्जन भइरहेको आरोप लगाउँदै स्वास्थ्य व्यवसायी राजिव क्षेत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् । उनले मन्त्रालयका उच्च तहका कर्मचारीहरुमाथि स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा  ‘सेटिङका खेलाडी’ भएको भन्दै उनीहरुको सम्पत्ति छानबिन गर्न उजुरीमा माग गरेका छन् । अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उजुरीमा भनिएको छ — “स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र विभिन्न अस्पतालहरूमा नीतिगत भ्रष्टाचार मौलाएको छ। मन्त्री जसै बदलिए पनि केही व्यक्ति सधैं पदमा अडिएका छन् र व्यापारीसँगको साठगाठमा नीति निर्माणदेखि टेन्डरसम्म नियन्त्रण गर्छन्।”

बिज्ञापन

उसो त यस अघि स्वास्थ्य सेवा विभागका महानिर्देशक हुँदै सचिव बढुवा भएका डा विकास देवकोटाले अगाडि बढाएका आधा दर्जन टेण्डर प्रक्रियाहरु रद्ध भइसकेको छ । उनी पछि विभागमा पुगेका महानिर्देशक टंक बराकोटीले आधा दर्जन टेण्डर रद्ध गरिदिएका छन्,ती सबै टेण्डर मिलेमतोमा अगाडि बढाइएको भेटिएपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले विभिन्न आधा दर्जन टेण्डर रद्ध गरेको छ ।
विभागका अनुसार,यस अघि विकास देवकोटा महानिर्देशक हुँदा अगाडि बढाइएका मोबाइल सी आर्म’,सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ र ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर( मेजरमेन्ट सिस्टम’को टेण्डर रद्द गरेको जनाएको छ । विभागका अनुसार कतिपय टेण्डरमा एउटै टेन्डर कागजातमा दुई वटा मेसिनको छुट्टाछुट्टै प्राविधिक स्पेशिफिकेशन बनाएर खरिदका लागि टेन्डर आह्वान गरेको खुलासा भएपछि ती टेण्डर रद्ध गरिएको हो । कतिपय टेण्डरमा बदनियत राखेको भेटिएको,कतिपयमा मिलेमतो पुष्टि भएपछि अगाडिका महानिर्देशको समयमा बढाइएका टेण्डरहरु धमाधम रद्ध गरिएको हो ।
यी टेण्डरहरु अगाडि बढाइँदा मन्त्री थिए प्रदीप पौडेल र महानिर्देशक विकास देवकोटा । हाल स्वास्थ्य सचिवको भूमिकामा रहेका देवकोटा नै स्वास्थ्य सेवा विभागको हाकिम हुँदा महाशाखाले स्पेशिफिकेशन नै लक्ड गरेर यी तीन टेन्डरको प्रक्रिया अगाडि बढाएको भेटिएसँगै ती टेण्डरहरु रद्ध गरिएको स्वास्थ्य सेवा विभागले पृष्टि गरेको छ ।

बिज्ञापन

अहिले केही स्वास्थ्य व्यवसायीहरुले तिनै विकास देवकोटा र उनका टिमले गरेको बदमासीविरुद्ध अख्तियार गुहारेको हो । अख्तियारमा हालै दर्ता भएको उजुरीमा  तत्कालीन स्वास्थ्य सचिव डा. विकास देवकोटा ले स्वास्थ्य सेवा विभागमा कार्यरत रहँदा नियमविपरीत छ वटा टेन्डर मिलेमतोमा ल्याएको र ती सबै पछि तत्कालीन महानिर्देशक डा. टंकप्रसाद वाराकोटीले बदर गर्नुपरेको उल्लेख छ। त्यस्तै, डा. कृष्ण पौडेल (नीति योजना महाशाखा निर्देशक) लाई राजनीतिक संरक्षणमा बसेर सीमित व्यापारीको हितमा बजेट व्यवस्थापन गर्ने भ्रष्ट पात्रको रूपमा उल्लेख गरिएको छ। उनी लामो समयदेखि एउटै शाखामा रहँदै नीतिगत प्रभाव प्रयोग गर्दै आएको आरोप छ।

सेटिङका माहिर’ भनेर चिनाइएका निर्देशकहरू

बिज्ञापन

व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी लाई “सेटिङका माहिर खेलाडी” भन्दै औषधि खरिदमा स्पेक लक गर्ने र मनपरी शर्त राखेर व्यवसायीसँग मिलेमतो गर्ने कर्मचारीको रुपमा औल्याइएको छ । उनलाई पनि अनुसन्धानको राडारमा तान्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ । त्यस्तै, नारायण ढकाल (औषधि व्यवस्था विभाग) माथि नयाँ औषधि दर्ता, नविकरण र मूल्य निर्धारणमा चलखेल गर्ने तथा अख्तियारमा सयभन्दा बढी मुद्दा विचाराधीन रहेको उल्लेख छ। मन्त्रालयकै भिम सापकोटा (समन्वय महाशाखा निर्देशक) लाई पनि “मन्त्रालयभित्रको सेटिङ खेलाडी” भन्दै लामो समयसम्म सरुवा हुन नदिने र प्रभाव प्रयोग गर्ने आरोप लगाइएको छ। उजुरीमा डा. कृष्ण पौडेल (मे.सु., भरतपुर अस्पताल) लाई “खरिद सेटिङका माहिर कर्ता” भनेर उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, “जुनसुकै मन्त्री आए पनि पैसाको पावरमा सधैं मेसु हुने बदनाम पात्र हुन्।”

यस्तै उजुरकर्ताले काजमा पठाइएका कर्मचारीहरूलाई दरबन्दीअनुसार फिर्ता गर्नुपर्ने,‘क’ वर्गका राष्ट्रिय पत्रिकाबाट दररेट माग्नुपर्ने, विवादित टेन्डरहरूको छानबिन समिति मन्त्रालयमै गठन गर्नुपर्ने, उक्त उजुरीको प्रतिलिपि प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रीलाई समेत पठाइएको छ।

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष