काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कर्मचारीहरूको सरुवाको तयारी तीव्र पारेको छ। केही समयदेखि रोकिएको सरुवा प्रक्रिया अब फेरि अघि बढ्न लागेको विभाग स्रोतले जनाएको छ।
बिज्ञापन
बिज्ञापन
जेन्जी आन्दोलन र मन्त्रालय मन्त्रीविहीन रहेकाले केही समय सरुवा रोकिएको भए पनि अब विभागले सरुवाको अन्तिम तयारी थालेको हो। विभागले गत असोज १२ गते थोरै सङ्ख्यामा मात्र सरुवा गरेको थियो, तर यसपटक ठूलो संख्यामा कर्मचारी सरुवा हुने तयारी भएको बताइएको छ।
बिज्ञापन
विभागका अनुसार सरुवाको सूचीमा अवधि पुगेका, काजमा खटिएका, मन्त्रालय तथा विभागमा गुनासा आएका, सरुवा भएर पनि एउटै कार्यालयमा कार्यरत रहेका र लामो समय एउटै स्थानमा बसेका कर्मचारीहरू समावेश हुने छन्।
विभाग स्रोतका भनाइअनुसार, सरुवासम्बन्धी प्रारम्भिक सूची तयार पार्ने काम भइरहेको छ र अन्तिम निर्णय मन्त्रालयको स्वीकृतिपछि लागू गरिनेछ। विभागले यसपटक सरुवामा पारदर्शिता र निष्पक्षता कायम राख्ने तयारी गरेको जनाएको छ।


























