भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

अध्यागमन विभागले भिजिट भिसामा विद्यमान झन्झटिलो प्रावधानहरु परिमार्जन गरेको छ । विभागले हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्डलगायत यस अघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरु खारेज गरेको छ ।

बिज्ञापन

अब भिजिट भिसामा विदेश जानेलाई कडाइ नगर्ने र चारवटा कागजात बुझाए सहजरूपमा विदेश जान सकिने विभागले जनाएको छ । अब भिजिट भिसामा विदेश जानेहरूले अब अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र सम्बन्धित देशको भिसा देखाउनुपर्नेछ ।

बिज्ञापन

वैदेशिक यात्रा गर्दा कम्तिमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, जान लागेको देशको हवाई टिकट, भ्रमण गर्नुको कारण र आवश्यक कागजात साथै भ्रमणका क्रममा केही भए स्वयम् जिम्मेवार रहने व्यहोराका स्वघोषणापत्र आवश्यक पर्ने विभागले जनाएको छ । विभागका अनुसार, आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा अध्यागमनमा देखाउनुपर्नेछ ।

यही कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुरुप विभागले लचिलो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। योसँगै २०८० माघ १० देखि लागू भएको ६ बुँदे मापदण्ड खारेज भएको विभागले जनाएको छ। यस अघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो । तर, अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको छ ।

बिज्ञापन

अबदेखि भिजिट भिसामा जानेले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी देखाउनुपर्नेछ। त्यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिनेछैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

बिशेष