अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

म्याग्दी, कार्तिक १२ — देशभर जाडोयाम सुरु हुनासाथ म्याग्दीको हिमाली क्षेत्र अन्नपूर्ण बेसक्याम्प (ABC) मा बाक्लो हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसमी बुलेटिनअनुसार कार्तिक १० देखि १२ गतेसम्म हल्का देखि सामान्य वर्षा र हिमपात हुने पूर्वानुमान थियो। सोही क्रममा बिहीबारदेखि म्याग्दीमा पानी परिरहेको र अन्नपूर्ण क्षेत्रमा हल्का हिमपात सुरु भएको पुष्टि भएको छ।

बिज्ञापन

हिमपातसँगै अन्नपूर्ण बेसक्याम्पमा रहेका पर्यटक जोखिममा परेपछि उद्धार कार्य सुरु गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट गएको टोलीले आज बिहानसम्म १७ विदेशीसहित १ सय ८२ जना पर्यटकको सफल उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलले जानकारी दिए। उद्धार कार्य निरन्तर तीन दिनसम्म चलाइएको थियो।

बिज्ञापन

“जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र पर्यटकहरूलाई डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो,” निरीक्षक पौडेलले भने। उनका अनुसार उद्धार गरिएका सबैलाई अन्नपूर्ण गाउँपालिका–४ को गुफाफाँट र सादिखर्क लगायत हिमपात नभएका सुरक्षित स्थानहरूमा ल्याइएको छ। उद्धार गरिएकामध्ये केहीमा श्वासप्रश्वासका समस्या देखिए पनि गम्भीर अवस्था भने छैन।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपातजन्य जोखिम बढेपछि कार्तिक १० देखि १४ गतेसम्म अन्नपूर्ण बेसक्याम्प प्रवेशमा रोक लगाइएको जानकारी दिए। उनले भने, “हिमपात र हिउँ पहिरोको जोखिम बढेकाले त्यहाँ कुनै पनि स्वदेशी वा विदेशी पर्यटकलाई प्रवेश अनुमति दिइएको छैन।”

बिज्ञापन

तिवारीका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा बसोबास गर्ने स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्री सबैलाई मौसमी अवस्थाको जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

हाल अन्नपूर्ण बेसक्याम्प पूर्ण रूपमा खाली गरिएको छ र उद्धार गरिएका सबै व्यक्तिहरू सुरक्षित स्थानमा रहेका छन्। हिमपात र हिउँ पहिरोका कारण बाटो अवरुद्ध भएकाले उद्धार टोलीले डोरी र सुरक्षात्मक उपकरण प्रयोग गरी कठिन परिस्थितिमा उद्धार कार्य सम्पन्न गरेको हो।

जल तथा मौसम विज्ञान विभागले अझै केही दिनसम्म पश्चिमी भेगका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। जिल्ला प्रशासन कार्यालयले मौसम सुधार नभएसम्म बेसक्याम्पतर्फको आवतजावत नगर्न सबैलाई अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष