इलाममा आज रातिदेखि सवारी आवागमन रोक

 बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण इलाममा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले बुधबार सूचना जारी गर्दै बिहीबार बेलुका ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म मेची राजमार्गमा सबै प्रकारका सवारी सञ्चालन रोक्न निर्देश दिएको हो।

बिज्ञापन

 

बिज्ञापन

प्रशासनले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान उद्धृत गर्दै आगामी तीन दिन— बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म — कोशी प्रदेशसहित देशका धेरै भू–भागमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ।

 

बिज्ञापन

विपद् जोखिम न्यूनीकरणका दृष्टिले सतर्कता अपनाउँदै सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। “अत्यधिक वर्षाका कारण सडकमा पहिरो, अवरोध वा अन्य विपद् हुनसक्ने भएकाले जनजीवन र यात्रु सुरक्षा प्राथमिकतामा राखी यस्तो निर्णय गरिएको हो,” सूचनामा भनिएको छ।

 

प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सावधानी अपनाउन र असुरक्षित यात्राबाट जोगिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत,लेखापाल,सब इञ्जिनियरसहित ६ विरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा

२ उपसचिव,४१ शाखा अधिकृत,१६ नासुसहितका ७२ कर्मचारी कारवाहीमा

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

बिशेष