एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।

बिज्ञापन

 

बिज्ञापन

रानाभाटले आफ्नो राजीनामा प्रहरी प्रधान कार्यालयमा पेश गरेका हुन्। उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको पुष्टि गरेका छन्।

“पारिवारिक कामका कारण राजीनामा दिएको हुँ, अन्य कुनै विशेष कारण छैन,” उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्।

बिज्ञापन

 

रानाभाटले २०५८ साउन १८ गते इन्स्पेक्टरको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। लामो सेवाकालपछि उनी यसै वर्ष साउनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए।

 

प्रहरी नियमावली अनुसार, एसएसपीस्तरका अधिकृतको राजीनामा प्रहरी महानिरीक्षक (आईजीपी)को सिफारिसपछि गृह मन्त्रालयले स्वीकृत गर्ने व्यवस्था छ।

हाल रानाभाटको राजीनामा स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

 

प्रहरी सेवामा इमानदार र शान्त स्वभावका अधिकारीका रूपमा चिनिने रानाभाटले विगतमा देशका विभिन्न जिल्लामा रहेर सुरक्षा नेतृत्व सम्हालेका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ उपसचिवसहित १० अधिकृतको सरुवा,९ पुगे निर्वाचन आयोग

चार कर्मचारी बर्खास्त,तीनलाई विभागीय कारवाही

इलाममा आज रातिदेखि सवारी आवागमन रोक

प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

बिशेष