एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।

बिज्ञापन

 

बिज्ञापन

रानाभाटले आफ्नो राजीनामा प्रहरी प्रधान कार्यालयमा पेश गरेका हुन्। उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको पुष्टि गरेका छन्।

“पारिवारिक कामका कारण राजीनामा दिएको हुँ, अन्य कुनै विशेष कारण छैन,” उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्।

बिज्ञापन

 

रानाभाटले २०५८ साउन १८ गते इन्स्पेक्टरको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। लामो सेवाकालपछि उनी यसै वर्ष साउनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए।

 

प्रहरी नियमावली अनुसार, एसएसपीस्तरका अधिकृतको राजीनामा प्रहरी महानिरीक्षक (आईजीपी)को सिफारिसपछि गृह मन्त्रालयले स्वीकृत गर्ने व्यवस्था छ।

हाल रानाभाटको राजीनामा स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

 

प्रहरी सेवामा इमानदार र शान्त स्वभावका अधिकारीका रूपमा चिनिने रानाभाटले विगतमा देशका विभिन्न जिल्लामा रहेर सुरक्षा नेतृत्व सम्हालेका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष