फेरिए दुई विभागका महानिर्देशक

गृहमन्त्री ओमप्रकाश अर्यालले २ विभागका महानिर्देशक हेरफेर गरेका छन् ।

बिज्ञापन

गृहमन्त्री अर्यालले आइतबार ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कपिलवस्तु, बारा, पर्सा, रौतहट लगायत ३६ सहसचिवहरुको सरुवा गर्दा २ महानिर्देशक परिवर्तन गरेका छन् ।
गृहमन्त्री अर्यालले २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । जसमा सरुवाको सूची अनुसार टोकराज पाण्डेलाई रुपन्देहीबाट लमजुङ सारिएको छ । कृष्ण प्रसाद लम्साललाई कैलालीबाट नवलपरासी सुस्तापूर्व खटाइएको छ । यस्तै,हिरालाल रेग्मी सुस्तापूर्वबाट कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,नारायण रिसाललाई महोत्तरीबाट दोलखा, दोलखाबाट भोला दाहाललाई पर्सा पठाइएको छ भने पर्साबाट तोयनारायण सुवेदी अर्घाखाँची पठाइएको छ । सरुवाको सूची अनुसार,प्रेम प्रसाद लुँइटेललाई उदयपुरबाट धनुषा,जनार्दन गौतमलाई डडेल्धुराबाट कपिलवस्तु पुर्याइएको छ । यस्तै,लमजुङबाट माधव पोखरेल रुपन्देही पठाइएको छ भने केदारनाथ शर्मालाई जुम्लाबाट अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ ।
यसरी सरुवा गरिँदा भक्तपुरका प्रजिअ रहेका नमराज घिमिरेलाई पञ्जिकरण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ भने ललितपुरका प्रजिअ सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्था विभागका महानिर्देशको जिम्मेवारी सुम्पिइएको छ । त्यहाँ कार्यरत रहेका प्रेम प्रसाद भट्टराई ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । यस्तै हाल पञ्जिकरण विभागको महानिर्देशक रहेका युवराज कट्टेल सिडिओ बनेर झापा सरुवा भएका छन् ।

बिज्ञापन

गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङ र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाउँदै त्यहाँ क्रमश घिमिरेद्धयलाई ल्याएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष