‘जेनजी’ प्रदर्शनपछि सेनाको फौज क्रमशः फिर्ता, २१ स्थानमा अझै तैनाथ

काठमाडौं । ‘जेनजी’ प्रदर्शनपछि देशभरका कारागार र रणनीतिक संरचनाको सुरक्षामा खटिएको नेपाली सेनाको फौज क्रमशः फिर्ता हुँदै गएको छ। स्थिति सामान्य बन्दै गएपछि सेनाले ६२ मध्ये ४१ स्थानबाट फौज फिर्ता गरेको हो।

बिज्ञापन

भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सुरक्षालाई उच्च सतर्कतामा राख्दै उपत्यकाभित्र ५ र बाहिर ५७ गरी ६२ स्थानमा फौज परिचालन गरिएको थियो। हाल पनि २१ स्थानमा फौज निरन्तर तैनाथ रहेको सेनाले जनाएको छ।

बिज्ञापन

सेनाका उपरथी तथा युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाका अनुसार, आन्दोलनका क्रममा उत्पन्न आगजनी, तोडफोड र दङ्गाजस्ता चुनौतीपूर्ण अवस्थालाई सेनाले ६ देखि ८ घण्टाभित्र नियन्त्रणमा ल्याउन सफल भएको हो।
“शून्य मानवीय क्षतिकासहित शतप्रतिशत उद्धार गर्न सफल भयौं,” उनले भने, “त्यो कारण अत्यावश्यक सेवा र आपूर्ति तत्काल सुचारु हुन सक्यो।”

थापाका अनुसार सिंहदरबारमा भएको आगजनीका बेला सेनाको सक्रियताले राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डाटा सेन्टर सुरक्षित राख्न सफलता मिल्यो।
“रणनीतिक कागजातहरू जोगाउन सकियो, जुन राष्ट्रिय हितका दृष्टिले अत्यन्त महत्त्वपूर्ण थियो,” थापाले बताए।

बिज्ञापन

सेनाले देशव्यापी सुरक्षाको जिम्मेवारी सम्हाल्दै सञ्चालनमा ल्याएको ‘हटलाइन’ प्रणालीमार्फत चोरी, लुटपाट र आगजनीसम्बन्धी गुनासाहरूको तत्काल सम्बोधन गरिएको जनाएको छ।

भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यले भेला भएका करिब दुई हजार प्रदर्शनकारीलाई रोक्न सेनाले महत्वपूर्ण भूमिका खेलेको थियो।
“हामीले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्यायौं र त्यहाँ रहेका विदेशी नागरिक तथा कूटनीतिक नियोगहरूको सुरक्षाको पनि प्रबन्ध मिलायौं,” थापाले जोड दिए।

सेनाका अनुसार, आन्दोलनकै क्रममा सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई पहिलो चरणमै रोकिए पनि थप भीड बढ्दै गएपछि घातक हतियार प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। तर सम्भावित मानवीय क्षति रोक्न सेनाले अत्यधिक संयम अपनाएको बताइएको छ।

सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ— “देशभरका संवेदनशील संरचना र कारागारहरूको सुरक्षामा सेनाको भूमिका सफल र सन्तुलित रह्यो। अवस्था सामान्य भएपछि सेनाको उपस्थितिलाई क्रमशः घटाइँदै लगिएको छ।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेन–जी आन्दोलनका शहीद परिवारलाई नेपाल आयल निगमको रोजगारी सहयोग, दुई लाख ७० हजार आर्थिक सहयोग

‘जेनजी’ प्रदर्शनपछि सेनाको फौज क्रमशः फिर्ता, २१ स्थानमा अझै तैनाथ

तस्करहरूलाई रातारात भगाउने एसपी भण्डारी : झापाको सीमामा सशस्त्र प्रहरीको कडा घेरा

जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

चुनावी क्याविनेटका २० निर्णय : ६ वैदेशिक भ्रमण स्वीकृत,८ सरुवा,बढुवा

अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

बिशेष