अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका तत्कालीन डिभिजन इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित चार जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिज्ञापन
बुधबार अख्तियारले विशेष अदालत काठमाडौंमा इन्जिनियर दाससँगै तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सव–इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय/रब्बानी जेभी कन्स्ट्रक्सनका प्रोपाराइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो।
बिज्ञापन
अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार कल्याणपुर नगरपालिका–५, चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन लहानमार्फत निर्माण व्यवसायीलाई दिइएको सडक ढलान कार्यमा ठगी र अनियमितता भएको पाइएको हो।
जाँचमा उनीहरूले योजना कार्यान्वयनका क्रममा करिब २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ हिनामिना गरेको प्रमाणित भएपछि भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उक्त समयमा कार्यालय प्रमुखका रूपमा कार्यरत रविन्द्र दास असोज २४ गते अनिवार्य अवकाशमा घर गइसकेका छन्।



































