झापामा ७ लाख ६६ हजार बराबरका पटका नष्ट

 झापा जिल्लाको भद्रपुर नगरपालिका–३ मेचीपारी सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारततर्फबाट ल्याइँदै गरेको पटका बरामद गरी नष्ट गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाबाट खटिएको मोबाइल गस्ती टोलीले मिति २०८२ असोज २८ गते बिहान करिब ४ः३० बजे केही अपरिचित व्यक्तिहरूले टाउकोमा बोकी ल्याउँदै गरेको सामान देखेपछि सोधपुछ गर्न खोज्दा ती व्यक्ति सामान छोडी फरार भएका थिए।

 

बिज्ञापन

त्यस क्रममा प्रहरीले ७ बोरा विभिन्न १९ किसिमका आतसबाजी (पटका) बरामद गरेको थियो। बरामद सामग्रीको मुल्य रु. ७ लाख ६६ हजार ८७६ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

उक्त बरामद पटका मिति २०८२ असोज २८ गते दिउँसो १ बजे स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा सशस्त्र प्रहरी गण परिसरभित्र नै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए।

 

सशस्त्र प्रहरीले चाडपर्वको समयमा अवैध आतसबाजीको ओसारपसार रोक्नका लागि सीमा क्षेत्रमा गस्ती र निगरानी कडा पारिएको जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष