झापा जिल्लाको भद्रपुर नगरपालिका–३ मेचीपारी सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारततर्फबाट ल्याइँदै गरेको पटका बरामद गरी नष्ट गरेको छ।
बिज्ञापन
बिज्ञापन
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाबाट खटिएको मोबाइल गस्ती टोलीले मिति २०८२ असोज २८ गते बिहान करिब ४ः३० बजे केही अपरिचित व्यक्तिहरूले टाउकोमा बोकी ल्याउँदै गरेको सामान देखेपछि सोधपुछ गर्न खोज्दा ती व्यक्ति सामान छोडी फरार भएका थिए।
बिज्ञापन
त्यस क्रममा प्रहरीले ७ बोरा विभिन्न १९ किसिमका आतसबाजी (पटका) बरामद गरेको थियो। बरामद सामग्रीको मुल्य रु. ७ लाख ६६ हजार ८७६ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त बरामद पटका मिति २०८२ असोज २८ गते दिउँसो १ बजे स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा सशस्त्र प्रहरी गण परिसरभित्र नै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए।
सशस्त्र प्रहरीले चाडपर्वको समयमा अवैध आतसबाजीको ओसारपसार रोक्नका लागि सीमा क्षेत्रमा गस्ती र निगरानी कडा पारिएको जनाएको छ।