वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित नियन्त्रणमा लिएको छ।

बिज्ञापन

आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९, बोडेका ५० वर्षीय दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।

बिज्ञापन

दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्ने क्रममा घुस र रिसवतस्वरूप रकम असुलेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको बताइएको छ।

पक्राउका क्रममा दाहालको साथबाट एक वटा मोबाइल फोन र सम्बन्धित कागजातहरू समेत बरामद गरिएको आयोगले जनाएको छ। अहिले दाहालमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

बिशेष