सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

गत जेठ २३ र २४ को जेनजी विद्रोहपछि सत्ताच्यूत भएका केपी शर्मा ओलीले आज एक कार्यक्रममार्फत विशेष सम्बोधन गर्न लागेका छन् ।

बिज्ञापन

विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा परेका केपी शर्मा ओलीले आज भक्तपुरको गुण्डुबाट विशेष कार्यक्रमलाई सम्बोधन गर्ने लागेको भक्तपुर एमालेले जनाएको छ ।

बिज्ञापन

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन समेत गर्न लागेका हुन । कार्यक्रममा महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी हुँदैछन् ।

बिज्ञापन

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन् ।

 

जेनजी युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्व प्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् । जेनजी युवा आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ ।

यो अवस्थामा ओली आज सहभागी हुने कार्यक्रम र उनले गर्ने भनिएको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष