सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

गत जेठ २३ र २४ को जेनजी विद्रोहपछि सत्ताच्यूत भएका केपी शर्मा ओलीले आज एक कार्यक्रममार्फत विशेष सम्बोधन गर्न लागेका छन् ।

बिज्ञापन

विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा परेका केपी शर्मा ओलीले आज भक्तपुरको गुण्डुबाट विशेष कार्यक्रमलाई सम्बोधन गर्ने लागेको भक्तपुर एमालेले जनाएको छ ।

बिज्ञापन

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन समेत गर्न लागेका हुन । कार्यक्रममा महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी हुँदैछन् ।

बिज्ञापन

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन् ।

 

जेनजी युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्व प्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् । जेनजी युवा आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ ।

यो अवस्थामा ओली आज सहभागी हुने कार्यक्रम र उनले गर्ने भनिएको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

कामकाजका लागि मात्रै पठाएका डीजी पदस्थापन नहुँदै विभागमा ५८ कर्मचारीहरूको मनोमानी सरुवा

बिशेष