कामकाजका लागि मात्रै पठाएका डीजी पदस्थापन नहुँदै विभागमा ५८ कर्मचारीहरूको मनोमानी सरुवा

काठमाडौँ । तीन महिनाको काजमा खटाइएका महानिर्देशक शिवप्रसाद रेग्मी विभागमा प्रवेश गरेको तीन हप्ता नबित्दै सरुवा उद्योग सञ्चालन गरेको खुलासा भएको छ। संघीय मन्त्रालयले मिति २०८१ साल असोज ६ गते कामकाजका लागि मात्रै खटाएका रेग्मी पदस्थापन नहुँदै मनोमानी शैलीमा ५८ जना कर्मचारीहरूको सरुवा गरेको प्रमाण सार्वजनिक भएको छ।

बिज्ञापन

बिज्ञापन

मन्त्रालयको औपचारिक स्वीकृति बिना नै असोज १२ गते उनले बिचौलिया प्रमोद खड्का मार्फत तयार गरिएको सूची अनुसार सरुवा आदेश जारी गरेका हुन्। कर्मचारीहरूले आरोप लगाएका छन्— “बिचौलिया खड्काले विभागभित्रै करोडौँ रुपैयाँ उठाएर सरुवा मिलाएका हुन् र रेग्मीले सोही अनुसार आदेशमा हस्ताक्षर गरेका छन्।”

विभागका स्रोतका अनुसार रेग्मी–खड्का समूहले नायव सुब्बाबाट ५ लाख र खरिदारबाट ३ लाख रुपैयाँ दरमा रकम उठाएको छ। सोही आधारमा ४२ जना नासु, १० जना खरिदार र ६ जना कम्प्युटर अपरेटरहरूको सरुवा गरिएको हो।

बिज्ञापन

 

स्रोत भन्छ— “उपत्यका पस्न चाहनेहरूबाट ठुलो रकम उठाइयो। कतिपयको सरुवा एक वर्ष पनि नपुग्दै गरिएको छ, जुन नियमविपरीत हो।”

कर्मचारीहरूको सरुवा सूचि हेर्दा स्पष्ट हुन्छ— विभागीय नियम र प्रशासनिक आचारसंहिताको खुला उल्लंघन गरिएको छ।

 

कर्मचारीहरूका केही उदाहरण यसप्रकार छन्ः नासुहरू शत्रुधन कुमार मण्डलको रौतहटबाट बर्दिबास, नरेश कुमार तिवारीको बर्दिबासबाट सुर्खेत, राजकुमार सिंहको सुर्खेतबाट बर्दिया मधुसुदन काफ्लेको महोत्तरीबाट रौतहट ऋषिराज दाहालको बेलबारीबाट सिराहा टकबहादुर खड्काको ललितपुरबाट शिखरकोट माधव भट्टराईको बेलबारीबाट उदयपुर राम सजीवन महत्वको धनुषाबाट सर्लाही पूर्णचन्द्र केसीको ललितपुरबाट धनुषा भीमसेन कार्कीको भक्तपुरबाट सर्लाही डम्बर कटुवालको भक्तपुरबाट सुनसरी इनरुवा रन्जित कुमार दासको सिराहाबाट बेलबारी सरुवा गरिएको छ । त्यस्तै कोशराज पोखरेल को मकानपुरबाट ललितपुर सरुवा गरेको छ। उनको सरुवा एक वर्ष नपुग्दै भएको छ। त्यस्तै रमेश मक्रान्तिको सर्लाहीबाट लगनखेल पठाइएको छ उनको पनि एक वर्ष नपुग्दै सरुवा गरिएको हो। लालबहादुर गुरुङको काभ्रेबाट भक्तपुर पठाइएको छ। उनी पनि एक वर्षमै उपत्यका छिर्न सफल भएका छन् यस अगाडि उनी भक्तपुरबाट काभ्रे पुगेका थिए। बिचौलिया प्रमोद खड्काकै सेटिङमा उनीहरू उपत्यका भित्रेका हुन् । त्यस्तै उत्तम भट्टराई उदयपुरबाट भक्तपुर सरुवा गरेको छ। अर्जुन चौलागाईं इनरुवाबाट सिराहा सरुवा गरेको थियो। उनलाई भने मागेको ठाउँ भन्दा भिन्न पठाएको छ। बिमल प्रसाद पौडेलको सिराहाबाट मोरङ अर्जुन दाहालको सिराहाबाट सुनसरी मेनकुमार लुइटेलको विभागबाट साँखु टेकबहादुर खड्काको भक्तपुरबाट संखुवासभा शयर प्रसाद शर्माको साँखुबाट विभाग इन्दिरा शर्माको भक्तपुरबाट विभाग विनोद दाहालको भक्तपुरबाट विवाह बाबुराम खतिवडाको मनमैजुबाट गुल्मी धुर्व खतिवडाको सुनसरी बाट मनमैजु सागर दाहालको झापाबाट सिराहा निरञ्जनकुमारपालको कावसेतीबाट बारा इभिन्द्रराज बस्यालको तानसेन पाल्पाबाट रामपुर पाल्पा गंगाराम पोखरेलको दाङबाट कैलाली इन्द्रबहादुर बस्नेतको सुर्खेतबाट दाङ आनन्द सिंहको नेपालगञ्जबाट सुर्खेत देवराज भुर्तेलको झापाबाट मोरङ सुरेन्द्रबहादुर खड्काको सुनसरीबाट इलाम पदम खतिवडाको झापाबाट सुनसरी किशोर खतिवडाको इलाम बाट झापा भद्रपुर केशवबहादुर चन्दको विभागबाट ललितपुर बाल्मिकी पौडेलको धरानबाट धनकुटा सरुवा गरिएको छ ।

त्यस्तै खरिदारहरू प्रवेश हवारीको बाराबाट पर्सा रामसेवक साहको बाराबाट रौतहट रविन्द्र कुमार दासको बाराबाट रौतहट देवन बहादुर तिमिल्सिनाको कलैयाबाट हेटौंडा रमेश पाण्डेको भद्रपुरबाट इलाम धर्मेन्द्र शाहको मंगलबारबाट सिराहा सन्तलाल श्रेष्ठको साँखोबाट दोलखा नवराज दाहालको दिक्तेलबाट साँखु पोषराज केसीको भक्तपुरबाट कलंकी फडेन्द्र कुमार महतराको सप्तरीबाट सुनसरी चम्पा परियारको सिराहाबाट चैनपुर प्रतिमा भुजेलको खोटाङबाट खोटाङमै सरुवा गरिएको छ। फेरि दुई वर्ष बस्नको लागि यसरी चलखेल गरिएको छ त्यस्तै सिर्जना घिमिरे पौडेलको कास्कीबाट गोर्खा सरुवा गरिएको छ।

त्यस्तै कम्प्युटर अपरेटरहरू विकास ढुंगेलको कलंकीबाट विभाग रन्जित कर्णको विभागबाट कलंकी कृष्ण केशरी प्रजापतिको भक्तपुरबाट विभाग नुर्बु शेर्पाको बेलबारी मोरङबाट भक्तपुर नेत्रप्रसाद देवकोटाको काभ्रेबाट मकवनपुर गोपाल थापाको चाबहेलबाट रामेछाप सरुवा गरिएको छ ।

कर्मचारीहरूका अनुसार बिचौलिया प्रमोद खड्काले नै “कसलाई कहाँ पठाउने, कसलाई कहाँ ल्याउने” भन्ने सबै सूची तयार पारेका थिए। ती सूची **रेग्मीको टेबलमा सीधै पुर्‍याइन्थे र उनले हस्ताक्षर गर्थे।”

एक कर्मचारीले भने, “हामीले बुझ्नसम्मका महानिर्देशकज्यूलाई मन्त्रालयले त कामकाजका लागि मात्र पठाएको थियो। तर यहाँ त उनी नै मालिक बनेर पैसा लिएर सरुवा गर्दै छन्।

नियमविपरीत निर्णय, प्रशासन मौन

संघीय मामिला मन्त्रालयका स्रोतका अनुसार रेग्मीको यो कार्य पूर्ण रूपमा नियमविपरीत र अनुशासनहीन मानिन्छ। तीन महिनाको काजमा खटाइएका अधिकारीलाई कर्मचारी सरुवा, पदस्थापन वा संरचना परिवर्तन गर्ने अधिकार छैन।तर मन्त्रालयले अहिलेसम्म मौनता अपनाएको छ। विभागभित्र भने असन्तुष्टि बढ्दो छ।“रेग्मी–खड्का समूहले विभागलाई सरुवा बजार बनाएको छ। हामीले गुनासो गर्न खोज्दा धम्कीमात्र पायौँ,” एक नासुले गुनासो गरे।

तीन महिनाको काजमा खटाइएका महानिर्देशकले कसरी ५८ कर्मचारीको सरुवा गर्न सके? मन्त्रालय किन मौन छ?करोडौँ रुपैयाँको सरुवा खेलमा प्रमोद खड्काको भूमिका किन जाँच गरिएको छैन? र, यसरी मनपरी सरुवा भएपछि कर्मचारी प्रशासन र अनुशासन कहाँ रह्यो?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

कामकाजका लागि मात्रै पठाएका डीजी पदस्थापन नहुँदै विभागमा ५८ कर्मचारीहरूको मनोमानी सरुवा

बिशेष