साइबर ब्यूरोले नेकपा एमालेका नेता महेश बस्नेतसँग बयान कागज गराएको छ ।
बिज्ञापन
विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।
बिज्ञापन
जिल्ला सरकारी वकिल कार्यालयको पत्रानुसार ब्यूरोले बस्नेतसँग बयान कागज गराएको हो । साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् ।
अब प्रमाण जुटाएपछि मात्रै उनीविरुद्ध विद्युतीय (साइबर) कसुरमा अभियोग दर्ता हुने ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले बताए ।
बस्नेत भर्खरै बयान दिएर निस्किएका छन् । व्युरोका अधिकारीहरुका अनुसार,बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका हुन् ।
बिज्ञापन
सामाजिक सञ्जालमार्फत् आफ्नो बेइज्जती गरेको भन्दै एक महिलाले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् । बस्नेतविरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।