तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

लगातारको वर्षाका कारण अवरुद्ध रहेको तातोपानी नाका अब पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार सडक मर्मत र पहिरो पन्छाउने काम पूरा भएपछि आजदेखि सवारी आवागमन नियमित रूपमा सञ्चालनमा आएको हो ।

बिज्ञापन

गत असोज १८ गतेको अविरल वर्षाले तातोपानी जाने मुख्य सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि नाका अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा सीमावर्ती व्यापार, यातायात सेवा र स्थानीय आवागमन प्रभावित भएको थियो ।

बिज्ञापन

इन्जिनियर भण्डारीका अनुसार डिभिजनको प्राविधिक टोली, स्थानीय निकाय र सडक निर्माण कम्पनीको समन्वयमा सडक सफाइ र मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइएकाले छोटो समयमै सडक सञ्चालनमा ल्याउन सम्भव भएको हो ।

हाल सडक सुचारु भए पनि अझै केही जोखिमयुक्त स्थानमा सावधानी अपनाउन चालक र यात्रुहरूलाई आग्रह गरिएको छ । उनले भने, “तातोपानी सडकखण्डमा आवतजावत खुल्ला भए पनि भूस्खलनको जोखिम कायम छ, त्यसैले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न अनुरोध गर्दछौं।”

बिज्ञापन

तातोपानी नाका सञ्चालनमा आएसँगै सीमापार व्यापार र पर्यटन गतिविधि पनि क्रमशः पुनःसञ्चालित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष