तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

लगातारको वर्षाका कारण अवरुद्ध रहेको तातोपानी नाका अब पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार सडक मर्मत र पहिरो पन्छाउने काम पूरा भएपछि आजदेखि सवारी आवागमन नियमित रूपमा सञ्चालनमा आएको हो ।

बिज्ञापन

गत असोज १८ गतेको अविरल वर्षाले तातोपानी जाने मुख्य सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि नाका अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा सीमावर्ती व्यापार, यातायात सेवा र स्थानीय आवागमन प्रभावित भएको थियो ।

बिज्ञापन

इन्जिनियर भण्डारीका अनुसार डिभिजनको प्राविधिक टोली, स्थानीय निकाय र सडक निर्माण कम्पनीको समन्वयमा सडक सफाइ र मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइएकाले छोटो समयमै सडक सञ्चालनमा ल्याउन सम्भव भएको हो ।

हाल सडक सुचारु भए पनि अझै केही जोखिमयुक्त स्थानमा सावधानी अपनाउन चालक र यात्रुहरूलाई आग्रह गरिएको छ । उनले भने, “तातोपानी सडकखण्डमा आवतजावत खुल्ला भए पनि भूस्खलनको जोखिम कायम छ, त्यसैले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न अनुरोध गर्दछौं।”

बिज्ञापन

तातोपानी नाका सञ्चालनमा आएसँगै सीमापार व्यापार र पर्यटन गतिविधि पनि क्रमशः पुनःसञ्चालित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष