राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ। बिरामीको भीडसँगै शय्या अभाव देखिएपछि प्रतिष्ठानले नयाँ भवन निर्माणको तयारी अघि बढाएको छ।

बिज्ञापन

प्रतिष्ठानका रजिष्ट्रार प्रा‍. श्याम लम्सालका अनुसार चालु आर्थिक वर्षमा बहिरङ्ग (ओपीडी) र अन्तरङ्ग (आईपीडी) गरी हालसम्म २ लाख १८ हजार ७९ जनाले सेवा लिइसकेका छन्। यो संख्या अघिल्ला वर्षहरूभन्दा उल्लेखनीय रूपमा बढी हो।

बिज्ञापन

आर्थिक वर्ष २०८०/८१ मा १ लाख ७६ हजार ९ सय ७४ जना र २०७९/८० मा १ लाख ६० हजार ६ सय ५८ जनाले उपचार सेवा लिएका थिए। निरन्तर बढ्दै गएको बिरामीको संख्याले प्रतिष्ठानमा सेवा विस्तारको आवश्यकता झनै तीव्र भएको देखाएको छ।

रजिष्ट्रार लम्सालका अनुसार पछिल्ला वर्षहरूमा प्रतिष्ठानमा विशेषज्ञ सेवा थपिँदै गएकाले बिरामी आकर्षण बढेको हो। न्युरो सर्जरी सेवा सुरु भइसकेको र आगामी मंसिर महिनाभित्र क्याथ्ल्याब सेवा सञ्चालनमा ल्याई मुटु रोग उपचार प्रारम्भ गर्ने तयारी भइरहेको उनले बताए। साथै, युरोलोजी र युरो सर्जरी सेवा पनि सुचारु अवस्थामा रहेको छ।

बिज्ञापन

बढ्दो मागलाई ध्यानमा राख्दै ४ सय शय्याको नयाँ भवन यसै आर्थिक वर्षमा निर्माण सुरु हुने भएको छ। हाल प्रतिष्ठानमा ३ सय २० शय्या सञ्चालनमा छन्।

सामुदायिक स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै प्रतिष्ठानले रोल्पाको होलेरी र त्रिवेणीमा सेवा सञ्चालनमा ल्याएको छ। एमबिविएस कार्यक्रम नियमित रूपमा सहज गतिमा सञ्चालन भइरहेको प्रतिष्ठानले जनाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या तीन वर्षमै करिब ६० हजारले बढेको छ। विशेषज्ञ सेवा, नयाँ प्रविधि र पूर्वाधार विस्तारले यस क्षेत्रको स्वास्थ्य सेवा सहज र आधुनिक बन्दै गएको प्रतिष्ठानको दाबी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष