गत शुक्रवार र शनिवारको वर्षाले देशभरका अधिकांश राजमार्ग अवरुद्ध छन् ।
बिज्ञापन
ट्राफिक कन्ट्रोल रुमका अनुसार,र कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ ल्हामु सडक, अरनिको रामार्ग बिपी राजमार्ग, कान्ति लोकपथ, कुलेखानी सिस्नेरी को दक्षिणकाली काठमाडौं खण्ड गरि देशभरका १८ राजमार्ग अवरुद्ध हुन पुगेको छ । अधिकांश राजमार्गहरु पनि केही सहज बन्दै गइरहेको छ ।
बिज्ञापन
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ भने ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका–१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरेस्थित मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन्।
बिज्ञापन
यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल चीन मितेरी पुल, सोही गाउँपालिका–५ स्याप्रुबेँसीलगायतका चार स्थानमा पूर्ण रूपमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
वर्षाका कारण आएको बाढीपहिरोबाट मकवानपुरको बकैया गाउँपालिका– ११ घट्टेखोलास्थित कान्ति लोकपथ, मकवानपुरकै भीमफेदी गाउँपालिका–८ स्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३ स्थित कुलेखानी दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बिपी राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्याङडाँडा तथा बकैया गाउँपालिका ११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ । यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजार नजिकै रहेको खोलाको पुलमा बाढीको प्रभाव परेकोले सिस्नेरी काठमाडौँ सडक अवरुद्ध भएको छ ।
यस्तै,बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत अवरुद्ध भएको छ ।
कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सडक अवरुद्ध रहेको जनाइएको छ ।