भ्रष्टाचार आरोप र अंगिकृत नागरिकताको विवादले डा. मिश्रा मन्त्री बन्ने सम्भावना टुट्यो

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्रालाई सिफारिस गरे पनि उनको नियुक्ति ‘होल्ड’ मा परेको छ । भारतमा जन्मिएकी र विवाहमार्फत अंगिकृत नेपाली नागरिक बनेकी मिश्राविरुद्ध भ्रष्टाचारका आरोप रहेकाले प्रधानमन्त्रीले उनको नाम फिर्ता लिने तयारी गरेकी हुन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रधानमन्त्री कार्कीले आइतबार नै डा. मिश्राको नाम स्वास्थ्य मन्त्रीका रूपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध छानबिन चलिरहेको तथ्य खुलेपछि कार्कीले विवादित पात्रलाई मन्त्रिपरिषद्मा ल्याउन नमिल्ने ठहर गरेकी स्रोतले जनाएको छ ।

 

बिज्ञापन

डा. मिश्राले मन्त्री बन्ने अपेक्षामा आइतबार अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन् । तर, विवाद सतहमा आएपछि उनको मन्त्री बन्ने सम्भावना कमजोर बनेको छ ।

 

यसअघि स्वास्थ्य सचिवमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्ट रहेकी मिश्राले करिब ६ महिना लामो बिदा बसिन् र सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी थिइन् । गत बिहीबार मात्र उनी मन्त्रालय फर्किएकी थिइन् ।

डा. मिश्राले विगतमा स्वास्थ्य सेवा विभागको महानिर्देशक, स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख, कोशी अस्पताल र स्त्री तथा प्रसूति रोग अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेकी थिइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेकी उनी स्वास्थ्य सेवाकी १२औं तहकी वरिष्ठ अधिकारी हुन् ।

 

प्रधानमन्त्री कार्कीले आइतबार नै शिक्षा मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेललाई सिफारिस गरेकी थिइन् । तर, डा. मिश्राको सिफारिस विवादित बनेपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको थियो ।

 

आज दिउँसो २ बजे मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्ने तयारी भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष